साझा नेटवर्क
रंजित चौरसिया,बारा जेष्ठ १३ ।
मकवानपुरबाट वीरगंजतर्फ ल्याउदै गरेको लागु औषध गाजा सहित दुई जना नेपाली नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले लागु औषध गाजा सहित नेपाली नम्बरको अटो र दुई जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरी चौकी पथलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरबाट वीरगंजतर्फ ल्याउदै गरेको लागु औषध गाजा सहित दुई जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीले ना २ ह २८८८ नम्बरको अटो टेम्पो रोकी चेकजाच गर्दा ३५ किलोग्राम लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ का संजय स्याङतान र भुवन तितुङ रहेको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरु माथि अवाश्यक कारवाही प्रकृया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend