logo
  • शनिबार, साउन ३० २०८३

धुर्कोटको निर्णय ः विद्युतीय चुलो र घरको बीमामा छुटदेखि आवासीय शिक्षासम्म


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल
गुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतिय चुलो खरिद र घरको बीमा गराउदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राकृतिक विपत्तिबाट हुने आवासको क्षतिलाई राहत उपलब्ध गराउन गराउन घरको बीमा गर्ने व्यवस्था मिलाउने र बीमा बापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने निर्णय गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

‘प्राकृतिक विपत्तिले विगतमा धेरै घरहरुको क्षति भएको छ, जसलाई बीमामार्फत केही राहत उपलब्ध गराउन सक्छौ ।’ अध्यक्ष पोखरेलले भने, ‘संविधानमा उल्लेख गरिएको आवासको अधिकार गाउँपालिकाले पुरा गर्दैछ ।’ पहिलो बैठकबाट दलित परिवारका छोराछोरीलाई एस.ई.ई. पछिको तीन बर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने पनि निर्णय गरिएको छ । विभिन्न कारणले आमा–बुवा नभएको २० जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरिएको पालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend