साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ ०६ ।
मदाने गाउँपालिकामा निर्वाचन जित्ने र हार्ने दुवै विजय उत्सवमा सहभागि भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट निर्वाचनमा सफलता हाँसिल गर्ने र पराजित हुने दुवै विजय र्यालीमा सहभागि हुँदै मतदातालाई धन्यवाद् दिएका छन् ।
गठबन्धनको तर्फबाट काँग्रेसका महेन्द्र कुँवरले एमालेका प्रेम केसीलाई १० मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भए । तर गठबन्धनबाटै माओवादी केन्द्रका वेगम चन्द उपाध्यक्षमा ३५६ मतान्तरले पराजित भए । विजय उत्सवमा कार्यक्रताले दुवैलाई टिका, खादा र माला लगाइदिएका छन् ।
पराजित चन्दलाई चार हजार २११ मत आएको थियो भने एमालेकी सरिता खड्कालाई चार हजार पाँच सय ६७ मत प्राप्त भएको थियो । ‘मैले प्राविधिक कारणले मात्रै निर्वाचन हारेको हुँ, मेरो पक्षमा धेरै मतदाता हुनुहुन्छ ।
चन्दले भने, ‘मैले हारेर पनि जितेको छु र हारभित्र जित मिसिएकोले कार्यक्रतासँगै विजय र्यालीमा सहभागी भएको हुँ ।’ मदानेमा आफ्नो पक्षका एक हजार ४५० मत मतदाता शिक्षाको कारण बदर भएको चन्दको दाबी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend