साझा नेटवर्क
टोपलाल अर्याल
गुल्मी, ५ जेठ ।
रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले ५ वर्षका काम सार्वजनिक गर्दै विदा भएका छन । उनले मतदान गर्ने जनतालाई धन्यवाद दिए । ऊनी २०७४ असार २३ गते पद बहाल गरेका थिए । त्यसवेला स्थानीय तहमा कुनै कानुन थिएन भाडाको कार्यालय भवन र त्यसैमा १४ वटै वडा कार्यालयबाट दिनुपर्ने सेवा एकै ठाउंबाट दिनु पर्ने बाध्यता बिच नागरिकका बिचमा गरिएका बाचा पूरा गरिएकोमा खुशी व्यत्त गरे ।
मेयर भुसालको नेतृत्व भएका काम
१ कृषि, पशु, सुन्तला, तरकारी माहुरीजस्ता पकेट क्षेत्र विस्तार, २ कृषि तथा पशु उपज संकलन केन्द्र निर्माण र सञ्चालन,३ ऐन कानुन तथा कार्यविधि ४५ वटा निर्माण भएका छन् ।
पर्यटन पूर्वाधार निर्माण
१. रेसुङ्गा क्षेत्रमा सडक, सिढी, मन्दिरको जीर्णोद्वार लगायत पूर्वाधार निर्माण, २. अर्जुन क्षेत्रमा सडक, मन्दिर, ३. जीर्णोद्वार, सेल्फी टावर लगायत पूर्वाधार निर्माण, ४. उनायचौरमा सडक, ट्री हाउस, खेलमैदान मन्दिर जीर्णोद्वार लगायत पूर्वाधार निर्माण,५. जोगीथुम भगवती मन्दिर लगायत पूर्वाधार निर्माण, ६. वडा नं १ भवगती मन्दिर पौवा निर्माण भएको छ । ७. विभिन्न वडा जस्तै १, २, ४, ५, ६, ८, ९, १०, १२ र १४ मा मन्दिर जीर्णोद्वार, ८. पर्यटन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको संयुक्त लगानीमा गजुरा रेसुङ्गा पर्यटन पार्कको निर्माणको
शुरुवात, ९. सिमीचौर एयरपोर्ट निर्माणको अन्तिम चरणमा
सीप विकास तालिम
सीप बिकास तालीम मार्फत करिव १७०० जना लाभान्वित भएका छन् ६ विभिन्न विद्यालयका ९५ कोठा, शौचालय १३ वटा, खेल मैदन ३ वटा, खानेपानी १० वटा र विद्यालयमा कम्पाउण्ड वाल ४ वटा निर्माण भएका छन् । सम्पूर्ण मा.वि. नि.मा.वि.मा ICT कक्षा निर्माण भएका छन् । स्थानीय पाठ्यक्रम १ देखि तयारी भएको छ । अत्याधुनिक किरण पुस्तकालय भवन निर्माण भएकोछ । १०. स्वास्थ्य सेवा केन्द्र ७ वटा शहरी, स्वास्थ्य केन्द्र २ बटा निर्माण तथा सञ्चालनमा रहेका छन् ।
११. कोड खोप लक्षित जनसंख्याको १०० प्रतिशतले प्राप्त गरेका छन् । १२. पहिलो पटक कोभिडको संक्रमणको बेला नगरपालिकासहित सबैबडामा क्वारेन्टाइन निर्माण, महेन्द्र मा.वि.मा आइसोलेशन निर्माण गरी सयौ नागरिकलाई सेवा प्रदान गरिएको थियो । १३. नागरिकको सुविधालाई ध्यानमा अन्तरनिकायको समन्वयमा नगरपालिकाभित्र सायद नेपालमै पहिलो पटक,कोभिड ल्याव सञ्चालन गरिएको थियो । १४. गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माण, १५. परिचय पत्र वितरण २९४ जना, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ८६७ जना, १६. सरकारी निजी कार्यक्रम मार्फत फोहोर व्यवस्थापन, १७. शव पार्क निर्माण, उपत्नी तम्घास बालउद्यान निर्माण र विभिन्न वडामा १५ घटा, पोखरी निर्माण भएका छन् ।
१८. प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६०८ जनाले आशिक रोजगारी पाएका छन् । १९. सबै वडामा सडक सञ्जाल पुगेको छ । यस अवधिमा पीच सडक १५ कि.मी., ग्रावेल सडक १५० कि.मी., कच्ची सडक १५० कि.मी., सडक ढलान ५ कि.मी., सडक स्तरोन्नति ७५० कि.मी. निर्माण भएको छ ।
२०. विद्युतको सब स्टेशन उनायचौरमा निर्माण भैरहेको छ ।
२१. विपन्न परिवारलाई विभन्न कार्यक्रमबाट ८२ घर निर्माण भएका छन् ।
२२. खरको छाना मुक्त गराउन ९६५ जनालाई जस्ता पाता वितरण गरिएको छ ।
२३. पुल ३ वटा, पम्की पुल २ वटा र सामुदायिक भवन १० वटा निर्माण भएका छन् ।
२४. मज्याङ्ग खानेपानी योजना निर्माणको अन्तिम चरणमा छ ।
२५. शहरी विकास कार्यालयबाट १० वटा सडक पीच, ग्रावेल तथा स्तरोन्नति भएका छन् ।
२६. प्रदेश सरकारबाट २० वटा योजना ९सडक, खानेपानी र भवन सम्पन्न भएका छन् ।
२७. सबै वडामा प्रति २ जनाका दरले मेलमिलापकर्ताहरु तयार गरिएको छ ।
२८. स्थानीय तह संस्थागत मूल्याइनमा आ.व. ०७६-७७ मा ७२.२५ प्रतिशत नतिजा आएकोमा आ.व. ०७७-७८ मा समग्र प्रशासनिक र विकासात्मक गतिविधिलाई सुधार भै ८१.२५ प्रतिशत प्राप्त भएको छ । वित्तीय जोखिम मूल्याइनमा ०७७र७८ मा ७७.५ र वित्तीय आयोग मूल्यांकनमा ७२.५ प्राप्त भएको छ यो नतिजा उत्कृष्टको सूचक हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend