logo
  • शनिबार, असोज १० २०८३

नव आगन्तुक तथा अध्ययनरत बिद्यार्थिलाइ बिद्यालयद्वारा सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई गुल्मी जेठ ४।
पशुपति निम्नमाध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिले बिद्यार्थिलाइ स्वागत तथा सम्मान गरेको छ।
नयाँ शैक्षिक सत्रका नव आगन्तुकलाई बिद्यालयमा स्वागत गर्नुका साथै अन्य बिद्यार्थिलाइ एक समारोहका बिच सम्मान गरिएको हो।गत शैक्षिक बर्षमा कक्षा नर्सरी देखि कक्षा सात सम्म अध्ययनरत बिद्यार्थिहरु बार्षिक परिक्षामा सफल भएर कक्षा उन्नति भएको खुसियालीमा बिद्यार्थि सम्मान कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ।
बिद्यार्थिलाइ बिद्यालयमा आकर्षण गर्नको लागि मात्र नभएर बिद्यार्थिको खुसि युक्त वातावरणमा कक्षा संचालन गर्न सकेमा यसले गुणस्तरीय शिक्षा प्राप्तिमा महत्वपुर्ण भुमिका खेल्ने बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बताउनुभयो।ठुला ठुला क्याम्पस र बिश्वबिद्धालयहरुले पनि निश्चित तह उतिर्ण पश्चात् बिद्यार्थिलाइ विभिन्न समारोह आयोजना गरि टोपिद्वारा सम्मान गर्नेगरेको बताउदै प्रधानाध्यापकले तल्लो कक्षा उतिर्ण गरि  उपल्लो कक्षामा जाने बिद्यार्थिको हौसलाको लागि आफ्नो बिद्यालयले पनि कागजको उस्तै टोपी लगाइदिएर सम्मान गरेको स्पष्ट पार्नुभयो।

सम्मान कार्यक्रममा यु डब्लु एस नेपालद्वारा हस्तान्तरित पानी पिउने बोतल बिद्यार्थिलाइ हस्तान्तरण गरिएको थियो। नव आगन्तुक तथा बिद्यार्थि सम्मान कार्यक्रम सहायक प्रधानाध्यापक सोम बहादुर पेमिको सहजिकरण तथा बिद्यालयकि शिक्षिका गिता ढकाल भट्टराईको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend