logo
  • शनिबार, साउन ३० २०८३

कपिलवस्तुको बाणगंगा ४ मा मगर र ८ मा अर्याल विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सिर्जना आचार्य, कपिलवस्तु जेठ ४ ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ४ को वडाध्यक्ष पदमा छवि रेश्मी मगर बिजयी हुनुभएको छ । रेश्मी नेकपा एमालेका उम्मेदवार हुन । सो वडामा यसअघि नेपाली कांग्रेसले जितेको थियो । रेश्मी १०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ ।
त्यस्तै बाणगंगा नगरपालिकाकै वड नः ८ को वडाध्यक्षमा बाबुराम अर्याल बिजयी भएका छन । अर्याल पनि नेकपा एमालेका उम्मेदवार हुन । सोहि वडामा पनि यसअघि एमालेलेनै जित हासिल गरेको थियो । अर्याल ५०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend