टेकराज थापा, जेठ ३।
सुशासन र समृद्वीको सुदृढ आधार भुमिकास्थान नगरपालिकामा गठबन्धन सरकार भन्ने मूल नारा सहित भूमिकास्थान नगरपालिका गठबन्धनका साझा उम्मेदवार मेयर, उप मेयर बिजयी भएका छन।
राष्ट्रिय जनमोर्चाका झबिलाल थापाले ८३२४ मत प्राप्त गरि प्रतिस्पर्धी एमालेका नेता निवर्तमान (मेयर) रेशम थापालाई ८०० मतले पछि पार्दै नगर प्रमुख माओबादी केन्द्रका निबर्तमान भुमिकास्थान वडा नम्बर ३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडेले प्रतिस्पर्धी एमालेको नेत्री बशन्ता पौडेललाई ६९४ मतले पछि पार्दै उपप्रमुख पदमा विजयी भएका हुन् ।
थापा बिद्यार्थी काल देखिने राष्ट्रिय जनमोर्चामा क्रियाशील सकृय युवा तथा समाजसेवी नेताको रुपमा समाजमा आफ्नो छुटै पैचान बनाउन सफल मानिन्ने व्यक्ति हुन् उनि अत्यन्तै सरल सक्षम र सहयोगी प्रष्ट बक्ता पनि हुनु भने बन्जाडे समाज पछिल्लो ५ बर्षको अन्तरालमा आफ्नो वडा क्षेत्रमा सडक, खानेपानी, शिक्षा स्वास्थ्य ,मानिसको पहिले आवश्यकता हो, भन्नेमा जोड दिदै आएकाछन भने समाजको लागि रात दिन समाजमा कठिबद्व भएर काम गर्ने जोसिला व्यक्ति मानिन्छन। बिकाशको लागि पहिले निकास आवश्यकता पर्छ निकास भए बिकाशका बाटाहरु आफै खुल्छन भन्ने बिस्वास राख्ने व्यक्ति हुन्।