logo
  • शनिबार, भाद्र २० २०८३

न.से.स, कार्ड्स अर्गनाइजेसन, नेपलीज ब्रदर्शको संयुक्त आयोजनामा बनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
नवलपरासी सेवा समाज कतार, कार्ड्स अर्गनाइजेसन कतार र नेपलीज ब्रदर्श रुम कतारको संयुक्त आयोजनामा १३ मे २०२२ शुक्रबारको दिन कतारको सहानिया स्थित अल दोसरी पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको  छ।

नवलपरासी सेवा समाज कतार तथा कार्ड्स अर्गनाइजेसन कतारका अध्यक्ष कृष्ण पन्थीको सभापतित्वमा रहेको कार्यक्रममा उपस्थिहरु बिच भेट्घाट, परिचायत्मक तथा आपसी सद्भाव भाइचारालाई प्रगाढ रहोस भन्ने उदेश्ले कार्यक्रमको आयोजना गरिएको पन्थीले बताए। उक्त कार्यक्रम आन्तरिक रहेकोले अरु संघ संस्थाहरुलाई निमन्त्रणा न गरेको गीत संगीत म्युजिक सहितको मनोरञ्जनको लागि गरिएको उक्त आन्तरिक बनभोजको आयोजना गरिएको बताए।
अध्यक्ष पन्थीले कतार देखि नेपाल सम्म नवलपरासी सेवा समाज र कार्ड्स अर्गनाइजेसनले सामाजिक सेवा र बिकास लगायत व्यावसायिक सफलतातिर फड्को मार्दै अघि बढ्दै गरेको  स्मरण  गराउदै भबिष्यमा थप भिजन र नयाँ कार्ययोजना सहित अघि बढ्ने प्रतिबद्धता समेत रहेको बताए ।
कार्यक्रममा नवलपरासी सेवा समाज कतारका संरक्षक तथा कार्ड्स अन्तरास्ट्रिय संयोजक केबि हमाल, कार्ड्स अन्तरास्ट्रिय सल्लाहकारहरु हंसराज ढकाल, मनिष यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । दोहा कतार स्थित गोर्खाली रेष्टुरेन्ट, सिग्नेचर इन्टेरियर फिलिङ एन्ड मेन्टेनन्स, ग्रिन पावर क्लिनिङ र इनर्टेक कन्ट्रयाक्टिङ एन्ड क्लिनिङ कम्पनीका भवानी कोइरालाले बनभोज कार्यक्रमको प्रायोजन गरेका थियो।

उक्त कार्यक्रममा बाल कलाकारहरु कृजल पन्थी र जिया हमालको उत्कृष्ट नृत्य सांगीतिक प्रस्तुतीले उपस्थिहरु ऊत्साहित देखिन्थे भने   कार्यक्रमको रौनकता संगीतमय बनेको थियो । उक्त कार्यक्रममा कलाकारहरु कृजल पन्थी, जिया हमाल, शिबांसी कुवर, सन्ध्या अर्याल, अमित कुवंर र साँस्कृतिक संयोजक र निर्देशक अमित बरालीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै कार्यक्रमका स्पोन्सर तथा प्रायोजकहरुलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको सहजीकरण नवलपरासी सेवा समाज कतारका महासचिव दुर्गा हमाल र स्वागत मन्तव्य कार्ड्स अर्गनाइजेसन कतारका बरिष्ठ   उपाध्यक्ष राजाराम शाहीको रहेको  थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend