साझा नेटवर्क
अनिल खत्री,गुल्मी जेठ ०२ ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ०१ अग्लुङ्गमा गठबन्धनको तर्फ बाट प्यानलनै बिजय भएको छ । वडा अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फ बाट सुशील चन्द ,महिला सदस्य रा प्र पा को तर्फ बाट बिस्णा बस्नेत,दलित महिला सदस्य नेपाली काङ्ग्रेसको तर्फ बाट पुस्पा परियार ,खुल्ला सदस्यमा राप्रपा का भगत चन्द र ने क पा माओवादीका युबराज चन्द बिजयी भएका छन ।
अग्लुङ्गमा एकातर्फ नेकपा एमाले र अर्कोतर्फ नेपालि काङ्ग्रेस ,राप्रपा ,नेकपा माओवादी बिच तालमेल भएको थियो । एमालेको तर्फ बाट प्रेम चन्दको नेतृत्व थियो भने गठबन्धनको तर्फ बाट नेपाली काङ्ग्रेस बाट सुशील चन्दको रहेको थियो । वडा अध्यक्ष उम्मेदवार प्रेम चन्दलाई गठबंधन उम्मेदवार सुशील चन्दले १७६ मतले पराजित गर्दै ७३१ मत लिएर बिजयी भएका छन । कुल खसेको मत १३८३ मध्य २२ मत बदर ,५७ मत रद्द भएको थियो । २०५४ साल पछि २५ वर्षपछी काङ्ग्रेसको नेतृत्वमा २०७९ मा दोस्रो पटक जित बनेको छ । केही अगाडिका निर्वाचन हेर्दै गर्दा २०७० सालमा अग्लुङ्ग वाट काङ्ग्रेस लाई ६६ मत खसेको थियो ।
२०७४ सालको चुनाबमा स्थानिय तहमा २५४ मत थियो भने प्रतिनिधि सभाको चुनाबमा ५२७ मत काङ्ग्रेस लाई मत प्राप्त भएको नेपाली काङ्ग्रेस मदाने गाउँपालिका गाउँ कमिटी सचिब राजेन्द्र बिस्टले बताए । बिगत पल्टाउला अग्लुङ्ग एमालेको किल्ला भए पनि यसपाली भने हार बेहोर्न परेको छ । बिकास निर्माणमा अत्यन्तै खाचो देखिने अग्लुङ्ग यसपाली जनताले ५ बर्षको लागि गठबन्धनलाई जिम्मा दिएको छ ।
यसैगरि नव निर्वाचित अध्यक्ष शुसिल चन्दले आफु जनताको सेवक हुन् चाहेको बताएका छन् । उनले फेसबुक मार्फत आफुलाई भोट प्रदान गर्ने सम्पूर्ण अग्लुंग बासीलाई सम्बोधन गर्दै भनेका छन् “म शासक होईन सेबक हो तपाईले गरेको आसा भरोसालाई म टुट्न दिने छैन तपाईले दिनु भएको मत लाई मैले कदर गर्नै पर्छ सुशील चन्दले भनेका छन । अबको ५ बर्ष काम गरेर फेरि काङ्ग्रेस लाई जिताउन म लागि पर्ने छु त्यसको लागि बिकास निर्माणका काममा कुनै अपुग हुन नदिने उनले बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend