logo
  • शनिबार, असोज १० २०८३

चन्द्रकोटमा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष विजयी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,गुल्मी जेठ ०१ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकामा पाँच दलीय गठबन्धनका अध्यक्ष÷उपाध्यक्ष नै विजयी भएका छन् । आइतबार राति आएको मत परिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रका युवराज केसी अध्यक्ष एवम् नेपाली काँग्रेसका विष्णु भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन् ।केसीले पाँच हजार ७०० मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरे ।
उपाध्यक्षमा गठबन्धनबाटै काँग्रेसका विष्णु भण्डारी पाँच हजार १६ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालकी राधिका अर्यालले तीन हजार ८१६ मत प्राप्त गरिन् ।

अध्यक्षमा केसीले बस्नेतलाई दुई हजार चार सय ५३ मतान्तरले पराजित गरे भने उपाध्यक्षमा भण्डारीले अर्याललाई एक हजार दुई सय मतान्तरले पराजित गरे । एमालेबाट उपाध्यक्षकी उम्मेदवार अर्याल चन्द्रकोटकी निवर्तमान उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend