logo
  • शनिबार, साउन ३० २०८३

रेसुङ्गा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी र उपमेयरमा कुँवर विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी वैशाख ३१ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन् ।  उनले एक हजार तीन सय ४२ मतान्तरले एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार राजेन्द्र पाण्डेयलाई पराजित गरेका हुन् ।
पन्थीको आठ हजार छ सय १४ र पाण्डेयले सात हजार तीन सय २० मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी अमृतादेवी कुँवरले आठ हजार छ सय १९ मत प्राप्त गरेर विजयी भएकी छिन् । रिता पाण्डेयले सात हजार दुई सय ३१ मत प्राप्त गरेकी छिन् ।

कुँवरले पाण्डेयलाई एक हजार पाँच सय ७८ मतान्तरले पराजित गरेकी छिन । रेसुङ्गा नगरपालिकका १४ वडामध्ये १० मा कांग्रेस र ४ वडामा एमाले विजयी भएको छ । रेसुङ्गा नगरपालिकामा वडा नं २, ३, ४, ५, ७, ९, १०, १२, १३ र १४ प्यानल सहित विजयी भएको छ । एमालेले वडा नं १ मा वडाध्यक्ष मात्रै, वडा नं ६, ८ र ११ मा प्यानल नै विजयी भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend