साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार वैशाख ३१ ।
गोरखा सेवा समाज कतारले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मानवीय सेवाबाट अभिप्रेरित भएर कतारको सरकारी हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरसँगको सहकार्यमा ‘रक्तदान जीवन दान’ मूल नारालाई आत्मसाथ गर्दै कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।
स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा सामाजिक, वैचारिक, जातीय संघ संस्थाहरू, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीलगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
५२ जनाले रक्तदान गरेको अध्यक्ष रामजी खत्रीले जानकारी दिए । रक्तदान गर्ने सबैलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको समाजका महासचिव विकास श्रेष्ठले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend