logo
  • शनिबार, असोज १० २०८३

मदाने १ अग्लुङ्गमा शान्तिपुर्ण मतदान सम्पन्न ६१ प्रतिशत मत खस्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क गुल्मी बैशाख ३० ।

गुल्मी जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भैरहेको छ । यसै क्रममा मदाने गाउँपालिका १ अग्लुङ्गमा रहेका २ वटै मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सम्पन्न भएको छ । कुल २२४३ मतदाता रहेको अग्लुंगमा जम्मा १३८३ मत खसेको छ ।

मदाने गाउँपालिका १ अग्लुङको ओखलेदहमा रहेको मतदान केन्द्रमा कुल ८६६ मतदाता मध्य पुरुष २५५ र महिला २८१ गरि जम्मा  ५३६ मत खसेको छ । अग्लुङको अग्लुङ मावी मतदान केन्द्रमा  पनि समयमै मतदान सम्पन्न भएको छ । कुल १३७७ मत मध्य जम्मा ८४४ मत खसेको छ । अग्लुङ्गमा  करीब ६१% मतदाताले मतदान प्रक्रियामा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend