साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी वैशाख २६ ।
शेर बहादुर कुवँर स्थानीय निकायको चुनावमा गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षको रुपमा उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धन अन्तर्गत नेपाली कांग्रेसको रुख चिन्ह लिएर चुनावमा उठेका शेर बहादुर कुवँरका पुरा नहुने देखावटी सपना भन्दा सुन्दा सामान्य लाग्ने जनताको दैनिकी सँग जोडिएका एजेन्डा छन् ।लामो समय देखि वडाको समस्या बिकास र परिवर्तनसंग नजिक रहेका शेरबहादुरको उम्मेदवारीले वडा नम्बर १ का जनता पनि भोट खसाल्न उत्साहित छन् । हामीले शेर बहादुर कुवँर जस्तो मान्छे उम्मेदवार पाउनु हाम्रो लागी ठुलो कुरा हो । हाम्रा समस्या बुझ्नु भएको छ, समाधान गर्नुहुन्छ ढुक्क छौँ एक स्थानियले भनेँ ।
वडाध्यक्षका उमेदवार कुवँर भन्छन् “म सँग ठुला पुरा नहुने आदर्शका एजेन्डा छैनन्।अहिले हामी जनताका समस्यासँग नजिक हुनु जरुरी छ। त्यसैले म यहाँको ५ बर्षमा बिकास स्तरउन्नतीको लागी मेरो एजेन्डा मतदातालाई बुझाउन चाहान्छु” ।
कुवँरका चुनावी एजेन्डा :
१.शुसासन पार्दशिता र जवाफदेहिताका लागी शिघ्र सेवा तिब्र बिकास गर्ने प्रतिबद्धता
२.वडा भित्रको ६७ किलोमीटरको बाटोलाई स्तरउन्नती गर्ने
३.कृषि क्रान्ति अभियान अन्तर्गत सबै कृषकलाई समेट्ने
४.वडामा गुणस्तरीय शिक्षा प्रदान गरि गुणस्तरीय शिक्षाको लागी शहर जाने क्रमलाई रोक्ने
५.बाढिपहिरोले क्षति पुर्याउने ठाउँमा सुरक्षित आवासर पुर्वतयारीका कार्यक्रम संन्चालन गर्ने
६.खानेपानी,बिधुतीकरण,संन्चार,सुरक्षा निकाय लगायतका क्षेत्रलाई संस्थागत बिकास गर्ने
७.वडा भित्र सुरक्षित स्वास्थ्य सेवाको लागी पहल गर्ने
८.युवा पुस्ताले आफ्नै गाउँको माटोमा गरेको मेहनतको उचित मुल्यांकन बजारिकरण गरि स्वरोजगारका कार्यक्रम बढाउने
वडाको गुर्वामा २०२४ सालमा जन्मिएका कुवँर वडा भित्रको बिधालय भवन,बिधुत र शैक्षिक संस्थाको बिकासको लागी थुप्रै काम गरिसकेका छन्।वडा भित्र रेडक्रसको उपशाखा स्थापना या प्राविधिक शिक्षा बाली बिज्ञानको शिक्षाको लागी पहल गर्ने काममा पनि अगाडी रहेका थिए ।गाउँपालिका नै हाक्ने क्षमता भएका दुरदृष्टिका नेता शेर बहादुर कुवँरलाई जिताउन वडाका बौद्धिक ब्यक्तित्वले पनि अनुरोध गरेका छन् ।हामी जुन पार्टिमा आस्था राखेपनि यसपाली हाम्रो वडामा राम्रो व्यक्तित्व र राम्रो एजेन्डा बोकेका कुवँरलाइ जिताउन अनुरोध गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend