साझा नेटवर्क
हुमाकान्त पाेखरेल, गुल्मी वैशाख २५ ।
नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री गाेकर्ण विष्टले धुर्काेट गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुनु सुखद् बिषय भएकाे बताएका छन् ।
आइतबार गाउँपालिकाकाे वडा नम्बर ४ जैसिथाेकमा चुनावी सभालाई सम्बाेधन गर्दै नेता विष्टले धुर्काेटले सिङ्गाे देशलाई फरक सन्देश दिएकाे बताए । देशभर काँग्रेस- माओवादी लगायत पाँच दलीय गठबन्धन भइरहेका बेला धुर्काेटमा एमाले-माओवादी तालमेल हुनुले देशकै कम्युनिष्ट नेताहरूलाई एकता गर्नेतर्फ ध्यानाकर्षण गराएको बताए ।
केन्द्रबाट गठबन्धनकाे नाममा जबरजस्ती एकै ठाउँ राख्न खाेजिएकाे छ, जुन अपवित्र छ । विष्टले भने – धुर्काेटले एकताको सन्देश दिएको छ । कम्युनिष्टकै नेतृत्व भएको बेला नेपालकै तेस्रो र लुम्बिनी प्रदेशकाे पहिलाे स्थानमा आउनु सुखद विषय भएकाले अब पहिलाे स्थानमा आउनेगरी काम गर्नुपर्ने बताए ।
गाउँपालिकामा एमाले – माओवादी तालमेलबाट माओवादी केन्द्रका भुपाल पाेखरेल अध्यक्ष एवम् एमालेका सीता गिरी उपाध्यक्षका उम्मेदवार छन् । बाम गठबन्धनले आज वडा नम्बर ३ हाडहाडेमा पनि चुनावी सभा गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend