logo
  • शनिबार, साउन ३० २०८३

संयुक्त गठबन्धन मदाने १ अग्लुङद्वारा घरदैलो अभियान तिव्र


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, गुल्मी बैशाख २४ ।

स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा मदाने गाउँपालिकामा १ अग्लुङमा नेपाली कांग्रेस,माओवादी र राप्रपा सहितको संयुक्त गठबन्धनले घरदैलो कार्यक्रमलाइ तीव्र पारेको छ ।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार सुशील चन्दको नेतृत्वका सबै उम्मेदवारलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो । घरदैलो गर्दै अध्यक्ष सहितको सम्पुर्ण प्यानललाई जिताउन नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न उम्मेदवारहरुले अपिल गरेका छन् । शिक्षा,स्वास्थ्य,कृषि मा समान सहभागिता र भष्ट्रचार,अनियमितता र पक्षपात रहित समज निर्माणको निम्ति अग्लुङमा सुशील चन्दको प्यानलले जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका अग्लुङका कार्यबाहक सभापति पुरन के.सि ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बालनरसिँह चन्द,माओवादी केन्द्रका अध्यक्ष रामबली चन्द तथा वडा अध्यक्ष पदका उम्मेदवार सुशील चन्द र सम्पुर्ण वडा सदस्यहरूका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend