logo
  • शनिबार, साउन ३० २०८३

विन्दवासिनीमा काँग्रेसका उम्मेदवार जिताउन हजारौ सर्वसाधारणहरु घरदैलोमा होमिए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रंजित चौरसिया, वीरगंज बैशाख २३ ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेस प्रति पालिकावासीको मोह बढदै गएको छ । नेपाली कांग्रेसबाट बिन्दवासिनी गाउँपालिकामा अध्यक्ष पदको युवा उम्मेदवार बिवेक चौरसिया ईमान्दार, स्वच्छ छविका एक कुशल व्यक्तित्व भएकै कारण सर्वसाधारणहरुमा नेपाली काँग्रेस प्रति उत्साह बढेको छ ।
चौरसियाले बिगत लामो समय देखि पालिकमा रहेका दिनदुःखी, गरिब, असहाय, बिपन्न परिवारलाई आफुले सक्दो सहयोग गर्दै आएकोले उनलाई पालिकाको अध्यक्षमा जिताउन शुक्रवार बिहान देखि हजारौको संख्यामा नेता, कार्यकर्ता तथा सर्वसाधारणहरु घरदैलोमा व्यस्त रहेका थिए ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिन्दवासिनी गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार चौरसिया र उपाध्यक्षको उम्मेदवार किरण गुप्ता तथा वडा अध्यक्षको उम्मेदवारलाई बिजयी बनाउनका लागि आज वडा नं. २ बहुअर्वाभाठामा हजारौको सहभागीतामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा सहभागी हुदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अजय चौरसिया, मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि रामरूप कुर्मी, यूवा नेता कञ्चन झा लगायत स्थानीय नेताहरुले नेपाली काँग्रेसका सबै उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।

विन्दवासिनी गाउँपालिकाको विकासको लागि विवेक चौरसियाको टिम हरेक दृष्टिकोणले उत्तम रहेको चर्चा गर्दै जनतालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न आग्रह गरेका थिए ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित सहित महिलाहरुको सशक्तीकरण र न्यायिक स्वच्छताका लागि गाउँघरमा नेपाली कांग्रेस जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend