साझा नेटवर्क
काठमाडाैं : गायक तथा संगीतकार आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।बुधबार आफ्नै युट्युब च्यानलमार्फत अविरलले गीत सार्वजनिक गरेका हुन्।
एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ।अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाएका हुन्। गीतको ओरिजिनल गायक भने कमल किरण हुन्।
विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार पल शाह, आँचल शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend