साझा नेटवर्क
वीरगंज, १९ बैशाख । पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका बिबेक चौरसियाले जनताले चाहे बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने बताएका छन । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका चौरसियाले जनताले चाहे मात्र चुनाव जित्न सक्ने बताएका हुन ।
बिन्दबासिनी गाउँपालिका बिगत ५ वर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सँग भएको विभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको बिबेक चौरसियाले बताएका छन । यस अनलाईन सँग चौरसियाले कुरा गर्दै बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पक्षमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पक्ष भावनाले जनताको सेवा गर्दै आएको र गरिरहने समेत बताए।
बिन्दबासिनी गाउँपालिका इतिहास बदलेको गाउँपालिका मध्ये एक रहेको चौरसियाले जिकिर गरे । बिन्दबासिनी गाउँपालिका स्थानीयले आफ्नो पछमा रहेको दाबी गर्दै अगामी हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend