logo
  • शनिबार, साउन ३० २०८३

कलैया वडा नं १६ मा जित्ने युवा नेता कुशवाहाको दाबी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

वीरगञ्ज १९ बैशाख

कलैया उपमहानगरपालिका वडा नं १६ वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा अध्यक्षमा उम्मेदवारी दिएका युवा नेता अनिल कुशवाहा वडावासीेको मन जित्न सफल भएकाले आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अवश्य नै जित हासिल गर्न अगाडी बढिरहेका स्थानीय वडा वासीले बताएका छन्।

बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका युवा नेता कुशवाहा वडावासीले चाहे मात्र चुनाव जितन सक्ने कुशवाहाले बताएका हुन ।

कलैया उपमहानगरपालिका वडा नं १६ मा बिगत ५ वर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै वडामा जाँदा सेवाग्राहीहरु सगँ भएको विभेदको अन्त्य गर्न म आफ्नो उम्मेदवारी दिएको वडा अध्यक्ष उम्मेदवार अनिल कुशवाहाले बताएका छन् । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए ।

आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पक्ष भावनाले जनताको सेवा गर्दै आएको र गरिरहने समेत बताए।
स्थानीयले आफ्नो पक्षमा रहेको दाबी गर्दै अगामी हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएका छौं।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend