logo
  • शनिबार, साउन ३० २०८३

बिन्दबासिनी गाउँपालिकामा काङ्ग्रेसद्वारा चुनाव प्रचारप्रसारमा तिव्रता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रन्जित चौरसिया, वीरगंज बैशाख १९।
नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाले चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।
नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी बिबेक चौरसिया वडाका वडा अध्यक्ष, वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा बिन्दबासिनी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।

बिन्दबासिनी गाउँपालिकाको वडा नं.३ को ठूलो झौवा र सानो झौवा घरदैलो गरेको छ भने वडा नं. ४ को मधवल र वडा नं.५ को प्रसौनीभाठा लगायत टोलमा घर दैलो सम्पन्न गरेको छ ।

समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य, इमान्दार, देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने विश्वास व्यक्त गरेका छ्न ।

अबको निर्वाचनमा बिन्दबासिनी गाउँपालिका अध्यक्षमा बिबेक चौरसिया जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend