logo
  • शनिबार, साउन ३० २०८३

अग्लुङको विकास र परिवर्तनको लागि मेरो उम्मेदवारी : युवा नेता चन्द


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,गुल्मी बैशाख १९ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिए सँगै गुल्मीमा पनि चुनावी सरगर्मी वढदै गएको छ । विभिन्न दलहरुले निर्वाचन विशेष अभियान, विभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ । गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिविधिहरु वढ्न थालेका छन् । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङमा पनि चुनावी गतिविधि बढेको छ ।अग्लुङमा यसपटक नेपाली काँग्रेस सहित राप्रपा र माओवादी को संयुक्त गठबन्धन चुनावी मैदानमा छ । गठबन्धन बाट युवा समाजसेवी तथा काँग्रेसका सभापति सुशील चन्द सर्वसम्मत अध्यक्षका रुपमा उम्मेदवार बनेका छन् । लामो समय अग्लुङमा समाजसेवा गर्दै आएका चन्द निस्वार्थ सामाजिक र परोपकारी कामले अग्लुङे जनता बीच प्रिय छन् । यस अघिको चुनावमा समेत धेरैले उनलाई उम्मेदवारी दिनको लागि दबाब सिर्जना गरे पनि उनी तयार भएनन् तर यस पटक भने सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार छन् । कक्षा आठमा पढ्दै गर्दा सानै उमेरमा नेविसंघ बाट राजनीति यात्रा सुरु गरेका चन्द कुरा भन्दा काममा विश्वास गर्दछन । उनी भन्छन्-” म कर्ममा विश्वास गर्ने मान्छे हुँ सबैलाई थाहा नै छ यसपटक जनताले विश्वास गरेर बिजयी बनाए अझै जिम्मेवारीका साथ काम गर्नेछु ।”

कसैलाई पक्षपात नगरी समान हक अधिकार दिलाउनु र अग्लुङमा नयाँ विकास र परिवर्तनको महशुस जनतालाई दिनु आफ्नो पहिलो काम भएको उनले बताए । युवा देखि बृद्ध सम्म सबैको रोजाईमा रहेका चन्द यसपटक अध्यक्षको उम्मेदवार बनेसँगै धेरैले खुशी व्याक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend