साझा नेटवर्क
गुल्मी, १८ बैशाख
सवैलाई निर्वाचन केन्द्रित हुन धुर्कोट गाउँपालिकामा एमाले र माओवादीले संयुक्त अपिल सार्वजनिक गरेका छन् । बामपन्थी शक्तिहरुबिचको एकता र मैत्रीपूर्ण सहकार्यबिना देशको राष्ट्रियता, विकास, सुशासन र समृद्धि सम्भव नभएकाले एकतावद्ध रुपमा निर्वाचनमा केन्द्रित हुन एमाले तथा माओवादी कार्यकर्तालाई अपिल मार्फत आग्रह गरिएको छ ।
०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले तथा माओवादीको सहकार्य अनुसार अध्यक्षको लागि गोलाकार भित्रको हँसिया हथौडा र उपाध्यक्षसहित सवै वडाध्यक्षमा सुर्य चिन्हमा मतदान गर्नु कार्यकर्तालाई दुवै पार्टीले अपिल गरेका छन् । एमाले धुर्कोट गाउँपालिका अध्यक्ष लोक बहादुर केसी र नेकपा माओवादी केन्द्र अध्यक्ष गोपाल कुवरद्धारा जारी बिज्ञप्तीमा धुर्कोटको चौतर्फी विकास र देशकै नमुना र उत्कृष्ट गाउँपालिका निर्माण गर्न तन मन र बचन कर्मले निर्वाचनमा जुटन भनिएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend