logo
  • शनिबार, साउन ३० २०८३

काङ्ग्रेसद्वारा सुनवलमा चुनाव प्रचार-प्रसारलाई तिव्रता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

उर्मिला यादव यात्री, बुटवल बैशाख १८ ।
नेपाली काङ्ग्रेसले सुनवल नगरपालिकामा चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा नेपाली काङ्ग्रेसले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।
नेपाली काङ्ग्रेस सुनवल नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदको प्रत्यासी ज्ञानचन्द यादव साथै वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा सुनवल नगरपालिकाको वडा नम्बर २ मा घरदैलो गरिएको छ ।

नेपाली काङ्ग्रेस सुनवल नगरपालिका वडा नम्बर २ ले शनिबार वडा नम्बर २ को बतरौली, बर्गदहि, अवरहिया , भर्वलिया ,खुटहट, बैरवा, मुखियाटोल लगायतका टोलमा घरदैलो सम्पन्न गरेको छ ।

नेपाली काङ्ग्रेस सुनवल नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदको प्रत्यासी ज्ञानचन्द यादव नेतृत्वमा भएको घरदैलो कार्यक्रममा त्यहाका स्थानीयले नेताहरुले पद पाएपछि जनताको पिर मर्का र मागलाई नसुनेको गुनासो गरेका छ्न ।

समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य, इमान्दार, देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।

अबको निर्वाचनमा सुनवल नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदको प्रत्यासी ज्ञानचन्द यादव जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend