logo
  • शनिबार, साउन ३० २०८३

जनमत पार्टी रुपन्देहीको चुनाव प्रचारप्रसार तिव्र


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

उर्मिला यादव यात्री, रुपन्देही बैशाख १८ ।
जनमत पार्टी रुपन्देहीले चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा जनमत पार्टीले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी विष्णु चौधरी तथा उपाध्यक्ष पदको प्रत्यासी रिना हरिजन , वडाका वडाअध्यक्ष, वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा रोहिणी गाउपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।
जनमत पार्टीले शनिबार रोहिणी गाउँपालिकाको वडा नम्बर १ को दुबौलिया र कुस्मिमा घरदैलो गरेको छ भने वडा नम्बर २ को खुरहुरिया, खरबिन्द टोल, बैरिहवा र मैनिहवा लगायतका टोलमा घर दैलो सम्पन्न गरेको छ ।

जनमत पार्टी केन्द्रिय अध्यक्ष वैज्ञानिक डा.सिके राउत नेतृत्वको रोहिणी गाउँपालिका अध्यक्ष पदका प्रत्यासि विष्णु चौधरीको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा त्यहाका स्थानीयले पूर्व संसद , मेयर र वडा अध्यक्ष जस्ता नेताहरुले पद पाएपछि जनताको मागलाई नसुनेको गुनासो गरेका छ्न ।

समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।

अबको निर्वाचनमा रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरी र उपाध्यक्ष रिना हरिजन जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend