logo
  • शनिबार, साउन ३० २०८३

युवा उद्यम र सिप विकासलाई केन्द्रमा राखेर वडा अध्यक्षमा लड्दै ज्योति कुवंर


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

किरण अधिकारी, गुल्मी वैशाख १७ ।
नेपाल सरकारले घोषणा गरेको वैशाख ३० को स्थानिय निर्वाचनका लागी गुल्मीको इस्मा गाउँपालिका ३ रामकोटका ३९ वर्षीय ज्योतिराज कुवरले एमालेको तर्फबाट इस्मा गाउँपालिका ३ को वडाध्यक्ष पदमा उमेद्धवारी दिएका छन ।‌ स्नातक सम्मको अध्ययन गरेका उनी मेडिकल क्षेत्रमा समेत सि एम ए पास गरेका छन ।

लामो विदेशमा रोजगारी गरी नेपाल फर्किए लगत्तै यातयात व्यवसायिको रूपमा काम गरिरहेका थिए । परदेशमा छदा पनि पनि सामाजिक क्षेत्रमा धेरै काम गर्दै आएका थिए । नेपाल फर्किए लगत्तै युवा संघको जिल्ला सदस्य समेत रहेर राजनीतिक क्षेत्रमा काम गरिरहेका थिए। भने नेकपा एमालेको पछिल्लो अधिवेशनबाट वडा कमिटी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

परदेशमा छदा पनि बिभिन्न सामाजिक क्षेत्रमा काम गरेका कुवंर लाई सामाजिक र राजनैतिक अनुभव रहेको छ । राजनीतिमा युवा अग्रसर हुनुपर्छ युवा सधै नेताहरु पछि लाग्ने होइन युवा ले नेतृत्व गर्नुपर्छ भन्ने धारणा बोकेका कुवंर ‌ परदेशमा सीपको महत्व लाई राम्रो संग बुझेका उनले युवा उद्यम र सीपलाई प्राथमिकता दिएर चुनावमा भिडेका छन ।

उनले शिक्षा स्वास्थ्य छ रोजगारलाई प्राथमिकता राखेको उनले बताए । उनले गाउँका दक्ष कामदारलाई प्रकृति अनुसार पाँच वर्ष काम दिने लेन्थवर्करको संख्या बढाउने, टोल टोलमा खेलकुद मैदान निर्माण र साम्रागी वितरण गर्ने योजना बनाएका छन , भने भष्ट्राचारमा शुन्य सहनशीलता उनको मुख्य योजना रहेको कुवंर बताउँछन्।

त्यस्तै उज्यालो इस्मा अभियानलाई निरन्तरता दिने वृद्धहरुलाई भत्ताको लागि बैंक पुग्ने झन्झटमा मुक्त बनाएर घर घरमा वृद्धभत्ता वितरण गर्ने यती बैंकसम्म पुग्न परे यातायातको सुविधा दिने, गाउँ- गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा प्रदान गरिने, कृषि पशुपालन र सिप विकास मार्फत इस्मा ३ को समृद्धिका लागि काम गर्ने ।

बसाई सराई गरी शहर तिर लाग्ने मनस्थिति बनाएका हरूलाई गाउँमै समृद्धि ल्याएर मनस्थितिमा परिवर्तन ल्याउने र आफ्नो गाउँ आफैं बनाउँ भन्ने स्लोकलाई मुत्र रूप दिने ।

आफु निर्वाचन भएदेखि दर्लामचौरको मुहारमा हर कुनै हालतमा फेर्न इस्मा कै नमुना वडाको रूपमा दर्लामचौर लाई चिनाउने सन्कल्पका साथ चुनावी अभियानमा लागेको हुँदा दर्लामचौर बासी सबैले आफुलाई मतदान गरी काम गर्ने मौका दिनु हुनेछ भन्ने आश गरेको र बिगतका कमि कमजोरीहरु आलोचनाबाट आफु अबगत रहेको हुँदा दर्लामचौरको समृद्धिलाई मुख्य केन्द्र मा राखेर काम गर्न प्रतिबद्धता समेत जाएर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend