साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु बैशाख १८ ।
अनेरास्ववियु कपिलवस्तुका जिल्ला सदस्य सागर बन्जाडेले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बाणगॅंगा नगरपालिकाको स्थानीय तहमा प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदमा लड्ने उम्मेदवारको टुंगो लगाए संगै उठाऔं,पार्टीले चुनावी मैदानमा खडा गरेको सबै उम्मेद्वारलाई जिताउन लागि परौं ।
सूर्यमा चिह्नमा मतदान गरी, सूर्य ध्वजाबाहक सम्पूर्ण नेकपा एमालेका उम्मेदवारलाई विजय गराऊन अपील गरेका छन । एउटा सबल र समृद्ध नगर निर्माण गर्न नेकपा एमालेमै मतदान गर्नुपर्ने र एमालेलाई जिताऊनु पर्नेछ ।
यस पटक नेकपा एमालेनै नगरमा पहिलो हुनेछ र बाणगॅंगा नगरलाई नमूना नगरको रूपमा मेयर चक्रपाणी अर्याल र उपमेयर रीता चौधरीले आफ्नो गृहकार्य गर्नुहुनेछ भन्ने विशवास लिएका छन । उनले भने “नेकपा एमाले नेपाली राजनीतिको एक्लो सिंह हो, परामादेश बाट बनेको यो अप्राकृतिक गठबन्धनलाई नेपाली राजनीतिबाट बिदा गर्न एमाले एक्लै सक्षम छ ।
नेकपा एमालेलाई जिताऊँन सम्पूर्ण नगरवासी गाऊँ गाऊँ बाट, टोल टोल बाट उठनुपर्ने कूरा अनिवार्य छ । हर स्वामिमानी नेपालीको मुहारमा ‘सूर्य’ छ, त्यही ‘सूर्य’ थप जगमगाउने छ बैशाख ३० गते, नेपालीको मनमा, मस्तिष्कमा र मतमा ‘सूर्य’ छ ।
उनले थपे “नेकपा एमाले निर्वाचन जीती सकेको छ । युवा, वृद्ध, दाजु-भाई, दीदी-वहीनिले कहिले बैसाख ३० आऊँला र नेकपा एमालेका उम्मेदवारलाई मतदान गरी सही नेतृत्व छानौला भनेर बसेका छन । बैशाख ३० औपचारिक रूपमा नेकपा एमालेको जीतको घोषणा हुने दिन पनी हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend