logo
  • शनिबार, भाद्र २० २०८३

लुम्बिनी प्रदेश कतारको समन्वयमा इफ्तार तथा नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आयोजना गरेको रमजान, नव वर्षको शुभकामना आदानप्रदान एवं इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा लुम्बिनी प्रदेश अन्तरर्गत जिल्लाका संस्थाहरुको संयुक्त आयोजनामा इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान तथा नयाँ वर्ष २०७९ को शुुभकामना आदानप्रदान तथा ईफ्तार कार्यक्रम व्हाइट हाउस ग्राण्ड मल सनैयामा सम्पन्न गरेको हो ।
परिषदका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व नेपाली राजदुतावास कतारका द्वितीय सचिव तथा पासपोेर्ट एन्ड कन्सुलर भुुवन प्रसाद भट्टको प्रमुुख आतिथ्य एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र भाटको विशेष आतिथ्यता दुताबासका सहचारी सन्दिप सापकोटा पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँ ,धर्मगुरु मौलान ई मोहम्मद  हारिस परिषदका संरक्षक सदस्य क्रान्ति सिंह, कृष्ण बहादुर हमाल (केवि हमाल)अर्जुन प्रसाद भट्टराई,मोहम्मद मुक्तदा मुसलमान लगायतको आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मियाँ ,प्रवासी नेपाली मञ्च कतारका सचिवालय सदस्य एवं आर्थिक बिभाग प्रमुख भेषराज पराजुली नेपाली जनसम्पर्क समिति कतार सभापति अजिज अलि नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष राजेन्द्र देवकोटा कतार नेपाली एकता समाज अध्यक्ष बिष्णु थापा क्षेत्री लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार,नेपाली महिला समाज कतार एनजीला धिताल देवकोटा प्रदेश नं.१ समन्वय परिषदका महासचिव निरन नेपाल मधेस प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद शाकिर अलि नियाज गण्डकी प्रदेश समन्वय परिषदका राकेश श्रेष्ठ त्यसैगरी जिल्ला संघ संस्थाको तर्फबाट गुल्मी सेवा समाज कतार अध्यक्ष लिलामणी पन्थीले सुभकामना मन्तब्य राख्नु भएको थियो।

परिषदले पवित्र महिनामा उपावस बस्नु भएका इस्लाम धर्मावलम्बी बन्धुहरुको उल्लेखनीय उपस्थितले हामी हर्सिद भएका छौ तपाईंको परिवार आफ्न्तजनहरु प्रति अल्लाहले यहाँको मनकामना पूरा गरून् घरमा सधै सुख शान्ती अनि समृद्धि ल्याउने छ भन्दै नयाँ बर्ष तथा ईद उल-फ़ित्र को शुभकामना व्यक्त गरेको थियो।

कार्यक्रमको उपस्थित हुनुभएका सामाजिक एवं अग्रज बिशिस्ट ब्यक्तित्वहरु उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु प्रदेश बासी दाजुभाइ दिदिबहिनीहरुमा आपसी सद्भाव भाइचारा प्रती परिषदले हार्दिक कृतज्ञता प्रकट गर्‍यो ।

साथै यस कार्यक्रममा सह-आयोजक गर्ने प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरु एवं यस इफ्तार कार्यक्रममा विशेष सहयोग गर्नुहुने परिषदका द्वितीय उपाध्यक्ष अक्तर हुसेन सुस्मिता पाठकलाई आयोजकले धन्यवाद दिए। कतारमा रहेका दर्जनौ सामाजिक संघसंस्थाका व्यक्तित्वहरु यहाँ कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीको  व्यापक उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजीकरण महासचिव टेकराज थापाले गर्नु भएको थियो भने’ स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष डिल्लिराम भट्टराईले गर्नुभएको थियो ।















प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend