logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा उमेदवारी फिर्ता पछि माओवादी नेता थापाको पत्रकार सम्मेलन 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सन्तोष महतारा, १७ बैशाख । नेकपा माओवादी केन्द्र गुल्मीका नेता अशाेक थापाले आफ्नो उमेदवारी फिर्तापछि  पत्रकार सम्मेलन गरेका छन् । रेसुङ्गा नगरपालिकाकाे उपप्रमुखमा उमेदवारी दिएका थापाले आफूले उमेदवारी फिर्ता लिएपछि पत्रकार सम्मेलन गरेका हुन् ।
नेकपा माओवादी केन्द्र गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)  का इञ्चार्ज समेत रहेका थापाले पार्टीको निर्देशन अनुसार उमेदवारी फिर्ता लिएको बताए । पार्टीले रेसुङ्गा  नगरकाे उप्रमुखमा उमेदवारी दिन अनुरोध गरेपछि आफू तयार भएर उमेदवारी दिएको र फिर्ता लिन निर्देशन गरेपछि आफुले उमेदवारी फिर्ता लिएको थापाको भनाइ छ ।
उनले रेसुङ्गा नगरपालिकाकाे वडा नम्बर ६, वडा नम्बर १२ र वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका उमेदवार रहेको थापाले बताए । उनले नगरपालिका प्रमुख र उपप्रमुखमा सक्षम, अब्बल र याेग्य उमेदवार राेज्न पार्टीका कार्यकर्ता र आम समुदायलाई आग्रह गरे । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा माओवादीप्रति आस्था राख्ने सबै मतदाताले आफ्नो इच्छा अनुसार उमेदवार राेज्न पाउने माओवादी नेता थापाको भनाइ छ । विशेषगरी  रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रकाे भागबन्डा नमिलेकोले गठबन्धन नभएको बताए । छत्रकाेट गाउँपालिका पनि पूर्ण रुपमा नभई आंशिक रुपमा गठबन्धन भएको थापाको प्रतिक्रिया रहेको छ । थापाले गठबन्धन नहुनुमा उनले नेकपा माओवादी केन्द्रकाे जिल्ला नेतृत्वलाई दाेष दिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टाेपलाल अर्याल, प्रेस चाैतारी गुल्मीका अध्यक्ष अनिल खत्री, प्रेस सेन्टर नेपाल गुल्मीका अध्यक्ष तिलाचन पाण्डे, प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्मा, जनपत्रकार संगठन गुल्मीका अध्यक्ष डिबी खड्का लगायत जिल्लाका क्रियाशील अन्य पत्रकारहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend