साझा नेटवर्क
कमल पौडेल,बडिगाड बैशाख १६ ।
बडिगाड गाउँपालिकाको लागि अध्यक्ष सहित विभिन्न पदमा उमेदवारी दिएका ७ जनाले उमेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फवाट अध्यक्षमा उमेदवारी दिएका अनिल गिरि, स्वतन्त्र रुपमा उपाध्यक्षमा उमेदवारी दिएका काग्रेस नेता यामेन्द्र कुमार घर्ति, स्वतन्त्र रुपमा वडा नं. ३ को अध्यक्षमा उमेदवारी दिएका लोक बहादुर घर्ति, स्वतन्त्र रुपमै वडा नं. ५ को अध्यक्षमा उमेदवारी दिएका ध्रुव बहादुर घिमिरे, वडा नं. ५ कै सदस्य पदका उमेदवारी दिएका धर्मराज घिमिरे, वडा नं. ९ बाट वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका मुक्त बहादुर श्रीस र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट वडा नं. १० को अध्यक्षमा उमेदवारी दिएका धन बहादुर बुढाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बडिगाडले जनाएको छ ।
सत्तारुढ गठबन्धन सहित राजनैतिक दलहरुले बागि दर्ता गरेका उमेदवारहरुलाई उमेदवारी फिर्ता लिन आग्रह गरेसंगै उमेदवारी फिर्ता लिएको उमेदवारहरुले बताएका छन् । बडिगाड गाउँपालिकामा अध्यक्षमा ४ जना, उपाध्यक्षमा ३ जना विच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै १० वटा वडा रहेको बडिगाडमा २४ जनाको उमेदवारी परेको छ। त्यस्तै गुल्मीको मुसिकोट नगरपालिकामा मेयर सहित विभिन्न पदमा १० जनाले उमेदवारी फिर्ता लिएका छन्। जस अनुसार नगरप्रमुखमा उमेदवारी दिएका नेकपा माओवादी केन्द्रका दुर्गा विक र स्वतन्त्र उमेदवार विर बहादुर जिसिले उमेदवारी फिर्ता लिएका हुन् । त्यस्तै उपप्रमुखमा उमेदवारी दिएका नेपाली काग्रेसका सुस्मा सापकोटा र माओवादी केन्द्रका विष्णु खड्काले उमेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै वडा नं. ३ को अध्यक्षमा उमेदवारी दिएका नेपाली काग्रेसका झविलाल भण्डारी, स्वतन्त्रको तर्फवाट राम बहादुर थापा, वडा नं. ५ को अध्यक्षमा उमेदवारी दिएका नेकपा माओवादी केन्द्रका युवाराज खरेल, वडा नं. ७ बाट अध्यक्षमा उमेदवारी दिएका नेपाली काग्रेसका तेजिन्द जिसि, स्वतन्त्र उमेदवार योगेन्द्र कुमार श्रेष्ठ र वडा सदस्यमा उमेदवारी दिएका नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर कामिले उमेदवारी फिर्ता लिएका छन् । अव मुसिकोटमा स्वतन्त्र २ सहित ५ जना नगर प्रमुखमा प्रतिस्पर्धा गर्ने देखिएको छ । त्यस्तै उपप्रमुखमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी विच प्रतिस्पर्धा हुने भएको छ। ९ वटा वडाको वडाअध्यक्षमा २३ जनाले उमेदवारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend