साझा नेटवर्क
अनिल खत्री
१५ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढदै गएको छ । विभिन्न दलहरुले निर्वाचन विशेष अभियान, विभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ । गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिविधिहरु बढ्न थालेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकामा झनै चुनावी गतिविधि अलि बढी देखिन थालेको छ ।
सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरिसकेका छन् ।
रेसुङ्गा नगरका १४ वडामध्ये वडानम्बर–२ मा (नेकपा) एमालेको तर्फबाट युवा उम्मेदवार उत्तक कुँवर (हिमाल) लाई उम्मेदवार बनाएको छ । कुँवर ०७४ सालमा पनि सोहि वडाबाट वडाअध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका थिए । (नेकपा) एमाले गुल्मीका जिल्ला कमिटी सदस्य समेत रहेका कुवँर जिफण्ट गुल्मीका पूर्व अध्यक्ष समेत रहेका थिए । युवा उम्मेदवारका रुपमा रहेका कुवँर हाल उक्त वडामा उम्मेदवार बनेसँगै उनका समर्थकहरु पार्टीका कार्यकर्ताहरु पनि जिताउनको लागी चुनावी अभियानमा घरदैलो अभियानमा छन् ।
लगनशिल र पार्टीको तोकिएको जिम्मेवारी पुरा गर्न दत्तचित्त भएर लाग्ने निडर युवा नेता कुँवरलाई जिताउन अहिले युवा देखि बृद्धबृद्धाहरु सबै उत्साह पुर्वक अभियानमा जुटेका छन् । वडा अध्यक्ष उम्मेदवार कुवँर व्यावसायिक रुपले सफल व्यक्ति राजनितिले पनि उक्तिकै सफल इमान्दार र उक्त वडाका बलिया उम्मेदवार, युवा नेता हुन । वालक देखि बृद्धासम्म सबैलाई मिलाएर सबैको समृद्धिका निम्ती केहि गर्नु पर्छ भन्ने सोचका साथ चुनावी अभियानमा उत्रिएका छन् ।
चुनाव जित्नको निम्ती जे पनि गर्छु भन्दैनौ कुवँरले भने ‘सधै जनताको समृद्धिका निम्ती कुनै कसुर बाकी राख्दैनौं ।’ सुन्दर वडा बनाउनको निम्ती हाम्रा माझ धेरै योजनाहरु छन् ति पुरा गर्न एमालेको नेतृत्व आबश्यक रहेको कुवँरले बताए ।शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानी आधारभुत आबश्यकता हुन यि त सामान्य हुन हाम्ले यो भन्दा माथी उठेर धेरै सोडिम योजनाहरु हाम्रा माझ छन् मैले कामले हिमालको परिचय दिनेछु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend