logo
  • शनिबार, साउन ३० २०८३

पोखरेलद्धारा पाँच वर्षमा भएगरेका काम सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मी, वैशाख १४ । धुर्कोट गाउँपालिकामा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका भुपाल पोखरेलले आफ्नो नेतृत्वमा पाँच बर्षसम्म गरेका कार्यहरु सार्वजनिक गरेका छन् । मंगरबार गाउँपालिकाको केन्द्र बर्बोटमा पत्रकार भेटघाट कार्यक्रममार्फत आगामी योजना समेत सार्वजनिक गरेका छन् । भौतिक विकासतर्फ विगत पाँच बर्षमा गाउँपालिकाको भवन, पालिका वरिपरी पक्की सडक, दुईवटा सभाहल निर्माण, शहिद पार्क, प्राथमिक स्वास्थ्य केन्द्र एवम् स्वास्थ्य चौकीको भवन निर्माण, वडा कार्यालय, विद्यालयका भवन, लगायतका भौतिक संरचना निर्माण गर्न सफल भएको उल्लेख गरेका छन् ।

स्वास्थ्यतर्फ, स्वास्थ्य चौकीमा आवश्यक औषधीको उपलब्धता, धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, रगत, खकार लगायतका परीक्षण, सुत्केरीको लागि निःशुल्क एम्बुलेन्स, जटिल प्रकारका रोगको लागि यातायात खर्चको व्यवस्था लगायतका काम गरेको पोखरेलले बताए । स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको, अभिभावकबिहिन बालबालिकाहरुलाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाएको, पाञ्चायन माविमा संचालन गरेको कृषि शिक्षालाई व्यवस्थित गरेको लगायतका उल्लेख्य काम गरेको पोखरेलले दाबी गरे ।

उत्पादनमा आधारित अनुदान, बाँझो जग्गा खन्नेलाई अनुदान, उत्पादित कृषि सामग्रीको बजारीकरण, पशु बीमा, खरका छाना विस्थापन, मासुमा आत्मनिर्भर गाउँपालिका, बिपन्नको लागि एकीकृत नमुना बस्ती, एक घर एक धारा, सामुदायिक रेडियो संचालन, लगायतका लोकप्रिय काममा सफलता पाएको पोखरेलको दाबी छ । यस्तै कामले गर्दा प्राकृतिक स्रोत तथा वृत्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार धुर्कोट गाउँपालिका नेपालकै तेस्रो तथा लुम्बिनी प्रदेशमा पहिलो हुन सफल भएको पोखरेलले बताए ।

पोखरेलले नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । आगामी पाँच बर्षम्म पहिलो कार्यकालका थालनी भएका योजनाहरु पुरा गर्ने, सबै वडासम्म पुग्ने बाटो पिच गर्ने, १५ शैयाको अस्पताल संचालन गर्ने, कृषि, शिक्षा, रोजगारी लगायतका क्षेत्रमा उल्लेख्य काम गर्ने पोखरेलले बताए । कार्यक्रमकै अवसरमा अध्यक्ष पोखरेलले पाँच बर्षे कार्यकालमा रचनात्मक सहयोग गर्ने, आलोचना र खबरदारी गर्ने सबैलाई धन्यवाद् दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend