साझा नेटवर्क
कुमार “अविरल” पन्थी, गुल्मी वैशाख १३ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढे सङ्गै स्थानीय तहमा थुप्रै व्यक्तिहरुले आफ्नो उम्मेद्बारी दर्ता गराएका छन । यसै शिलशिलामा नेपाली काँग्रेसको तर्फबाट रम्भा गाउँपालिका वडा नं १ को वडा अध्यक्ष पदमा नेता ईश्वर काफ्लेले उम्मेद्वारी दर्ता गराएका हुन् ।
निर्वाचनको समय नजिकिदैँ जाँदा गाउँदेखि शहरसम्म चुनावी माहोल यतिबेला तातेको देखिन्छ । २०७४ सालकाे स्थानीय निर्वाचनबाट सिंहदरबारकाे अधिकार गाउँगाउँमा पुग्याे रे ? तर कतिपय स्थानमा अझै सम्म एम्बुलेन्स समेत पुग्न सकेका छैनन्, जहाँ स्थानीय सरकारका प्रतिनिधीहरू सुविधा सम्पन्न गाडीमा २४ घण्टा ओहाेर-दाेहाेर गरिरहेकाछन् ।
लामो समय प्रवासमा बिताएका उनि सोहि गाउपालिकाका नेपाली काँग्रेसका सचीव हुन् । काफ्ले विकाशप्रेमी, समाज सेवामा अतुलनीय योगदान पुर्याउदै आएका व्यक्ति हुन । सामान्य परिवारमा हुर्किएका काफ्ले समग्र हुँगीको सामाजिक र समाजसेवा भावमा अग्रपंक्तिमा रहेका छन् ।
स्थानीय सरकारले जनताको लागि जति कामहरु हुनुपर्ने हो नगरेको अनुभूती नभएकाे भन्दै आक्रोस व्यक्त गर्न थाले। तिनै युवा इश्वर गाउँफर्कने अभियानमा हानिए । २० बर्षको उमेरमै लाहुर गएका उनी आफ्नो कमाइको केही प्रतिशत रकम आफ्नो जन्मभुमिकाको बिपन्नता,असहाय र दुखिलाई छुट्याउदै सामाजिक कार्यमा खर्च गर्दै आइ रहेका थिए ।
प्रवासको बसाईले धेरै कुरा सिकाएको छ अग्रजहरुको सल्लाह सुझावलाई मार्गदर्शन मान्दै जनताको जीवन स्तरमा परिवर्तन आउने गरि काम गर्ने बताउदै रुख चिन्हमा अमुल्य मत दिई बिजयी गराउनुहुन अनुरोध समेत गरेका छन् ।
न्यू थ्रीस्टार युवा क्लब रम्भा १ पाल्पाको अध्यक्ष, लोक दोहोरी प्रतिष्ठान केन्द्रको मानार्थ सदस्य, ठकुरी सहयोग संजाल नेपालको मानार्थ सदस्यको रुपमा रहेका काफ्ले सुख दुख र आवश्यकताकाको गाउँको केन्द्रबिन्दु बनेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend