logo
  • शनिबार, साउन ३० २०८३

विन्दवासिनी गापाको अध्यक्षमा काँग्रेसबाट चौरसियाको टिमद्वारा मनोनयन दर्ता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रंजित चौरसिया, वीरगंज बैशाख १२ ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट बिवेक चौरसिया लगायतको टिमले मनोनयन दर्ता गराएको छ । नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिका पर्साका सभापति समेत रहेका चौरसियाले गाउँपालिका अध्यक्षका लागि गाउँपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
ब्यानर एवम् रुख चिन्ह सहित हजारौँ नेता तथा कार्यकर्ताहरु चौरसियाको मनोनयन दर्ता गराउन उपस्थित रहेका थिए । बाजागाजा सहित मनोनयन दर्ता गराउन पुगेका चौरसियाले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने अध्यक्षका उम्मेदवार चौरसियाको विश्वास छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बिबेक चौरसियासँगै उपाध्यक्षमा किरण गुप्ता, वडा नं. १ को अध्यक्षमा सत्येन्द्र नारायण ओझा, वडा नं. २ को अध्यक्ष पदमा मुक्तिनाथ प्रसाद कुर्मी, वडा नं. ३ को अध्यक्ष पदकमा जय प्रकाश चौरसिया, वडा नं. ४ को अध्यक्ष पदमा अनोज कुमार चौरसिया, वडा नं. ५ को अध्यक्ष पदमा सुकदेव राउत अहिरले वडा सदस्य सहित मनोनयन दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend