logo
  • शनिबार, साउन ३० २०८३

स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम नेतृत्व चयन गरौँ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-चक्र चन्द, गुल्मी ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनाव नजिकिए सँग उम्मेदवार छनौट, उम्मेदवारी दर्ता लगायतका कामहरु धमाधम भैरहेका छन् ।

चुनावले के गाउँ के सहर हरेक ठाउँमा चहलपहल र रौनकता छाएको छ । मानौँ कि ठुलै चाडपर्व आएजस्तै हरेक ठाउँमा माहोल तताएको छ ।

चिया पसल देखि घर, अफिस र सहर बजारमा प्रायः चुनाव कै कुरा हुने गर्छन् । स्थानीय तहको निर्वाचन भएको हुनाले पनि हरेक स्थानमा बस्ने नागरिकले चासोका साथ यो निर्वाचन लिनु अत्यन्त आवस्यक पनि हो । यो बेला मतदाता बलिया र नेता कमजोर हुने समय पनि हो ।

हरेक पाँच – पाँच वर्षमा आउने यो निर्वाचनमा नागरिकले योग्य र सक्षम उम्मेदवार छनौट गरि भोट हाल्नु उनीहरुको कर्तव्य पनि हो ।

समाजको भलाई,स्थानीय परिवेश सुहाउँदो सबैको मन जित्न सक्ने विकासप्रेमी योग्य र सक्षम उम्मेदवार छनौट गरे मात्रै उस्ले आफू बस्ने समाजलाई विकास र परिवर्तनको मार्गमा डोर्‍याउन सक्छ होइन भने पाँच वर्ष उसैलाई सराप्दैमा जानपनी सक्छ । हाम्रो लाई भन्दा राम्रो र असल नेतृत्व चयन गर्न नागरिक यो समय चुक्नु हुँदैन ।

यतिबेला पैसा र पावरको प्रयोग गरि मतदातालाई प्रलोभनमा पार्न उम्मेदवारहरुले हरेक प्रयत्न गर्न पनि पछि पर्दैनन् । उनीहरुको पछि लाग्नु भनेको आफू र आफ्नै समाज माथि घात गरेको हुन्छ यसैले मतदाता यस्तो बेलामा विशेष चनाखो हुनुपर्ने हुन्छ । सचेत मतदाताले आफू बस्ने समाजको भविष्य कस्ता उम्मेदवारका हातमा सुम्पने भन्ने बारे सोच्नुपर्दछ र यो महत्त्वपूर्ण समय पनि हो ।

अघि पछि समाजको लागि सिन्को नभाच्ने तर चुनावको बेला बकम्फुसे गफ लागाएर जनता झुक्याउने प्रवृत्ति बढ्दो छ यस्मा सबै सचेत हुनु आवस्यक छ । खासगरी अहिलेको स्थानीय चुनाव आफू बस्ने गाउँ ठाउँको नेतृत्व चयन गर्ने अवसर पनि भएको हुँदा आफ्नो समाजको बिकास र परिवर्तनको लागि असल र योग्य उम्मेदवार चयन गर्नुपर्दछ । यो बेला मतदाता आफैमा निर्णायक हुन्छन् ।

मतदाताले उम्मेदवार छान्दा स्थानीय तहमा भिजेको,लोकप्रिय,निष्पक्ष,सबैको आवज बोल्न सक्ने,सक्षम र योग्य उम्मेदवार छनौट गर्नुपर्ने हुन्छ । मंसिर हुने संसदीय चुनावमा पार्टी हेरे पनि यस पटक ब्याक्ती हेर्नु नै अति उत्तम हुन्छ किनकि सांसद भनेका सिङ्गो देशका प्रतिनिधि हुन भने अहिले बिजयी हुने मेयर,अध्यक्ष र सदस्यहरु भनेका हाम्रा दैनिकी सँग जोडीने प्रतिनिधि हुन ।

त्यसैले सबै मतदाता सचेत भई विवेकको प्रयोग गरि मतदान गरौँ ,कसैको प्रलोभनमा नपरौँ,हाम्रो होइन राम्रो र योग्य उम्मेदवार छनौट गरौँ । अघि पछि सधैं सराप्ने तर चुनावमा आँखा चिम्लेर तिनीहरुलाई नै भोट हाल्ने गल्ती नगरौं ।

पार्टीमा आस्था राखौं तर ज्यादै अन्धभक्त र झोले पनि नबनौँ । सबै सचेत बनौं सहि र योग्य उम्मेदवार लाई मतदान गरौं । बेलैमा विवेकको प्रयोग गरौँ भविष्यमा पछुताउन नपरोस् । सबैको जय होस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend