logo
  • शनिबार, साउन ३० २०८३

छत्रकोटमा अनन्त र रामप्रसाद बिच प्रतिस्पर्धा हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

भुवन भुसाल, गुल्मी बैशाख १२।
गुल्मीको छत्रकोट गाउँपालिकामा आसन्न स्थानिय तह निर्वाचनमा अनन्त पौडेल र रामप्रसाद पाण्डेको प्रतिस्पर्धा हुने पक्का भएको छ ।
गत स्थानीय निर्वाचनमा एकै गठबन्धन बाट अध्यक्ष र उपाध्यक्षमा पराजित पौडेल र पाण्डे यो पटक अध्यक्ष पदमा फरक फरक पार्टीबाट एक अर्काका प्रतिस्पर्धि बन्ने पक्का पक्की भएको छ। गत निर्वाचनमा छत्रकोटमा नेपाली कांग्रेस बाट अध्यक्ष पदमा लडेका पौडेल यो पटक पनि कांग्रेसबाटै अध्यक्ष पदमा भिड्दै छन भने गत निर्वाचनमा गठबन्धनमा माओवादी केन्द्रबाट उपाध्यक्ष भिडेका पाण्डे यो पटक नेकपा एमाले बाट अध्यक्ष पदमा भिड्दै छन ।

यो निर्वाचन यसकारण पनि रोचक छ कि गत निर्वाचनमा सङ्गै हातेमालो गरेर हिडेका यी दुबै यो पटक आमने सामने प्रतिस्पर्धामा उत्रन लागेका हुन । महिनौं सङ्गै हिडेर चुनाब प्रचार गरेका यी दुबैलाई एकअर्काको गुण र दुर्गुणको बारेमा राम्रै सङ्ग थाहा छ । त्यसैको फाईदा उठाएर यो पटक दुबैले एकार्कोलाई प्रहार गर्ने निश्चित प्राय: छ ।

अनन्त पौडेल नेपाली कांग्रेस गुल्मीका उपसभापति हुन भने राम प्रसाद पाण्डे नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend