logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल पत्रकार महासंघ शाखा कतारद्वारा दूतावास बिच भेटघाट


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा  नेटवर्क, कतार।
नेपाल पत्रकार महासंघ कतार शाखाले  २४ अप्रिल २०२२ दिन  नेपाली  राजदुतावासमा औपचारिक  भेटघाट कार्यक्रम गरेको छ ।
महासंघ शाखा कतारका  अध्यक्ष करिम  बक्स मियाँको टोलिले नेपाली राजदुतावासका  कार्यवाहक राजदुत लक्ष्मण खनाल द्वितीय सचिव प्रविण भट्टराई र सहचारी सन्दिप सापकोटा संग भेटघाट गरेको हो ।

माहासंघले कार्यसमितिका पदाधिकारीहरुको विवरण सहित  ज्ञापन पत्र नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनाललाई हस्तान्तरण गरेको थियो । भेटघाटमा कार्यबाहक राजदुत खनालले पत्रकार महासंघले कतारमा रहेका पत्रकारहरु एकीकृत भएर नेपाली समुदायमा सूचना सम्प्रेषणमा खेलेको भूमिकाको प्रशंसा गर्दै समाजलाई सचेत गराउने खालको  कार्यक्रम गर्न आग्रह गर्दै  जहाँ रहन्छौ त्यहाँको भौगोलिक नियम  कानुन  को परिधिमा रहेर कलम चलाउन  पर्नेमा जोड दिनुपर्ने  बताउनु भयो।

महासंघको ज्ञापन पत्रमा लेखिएका श्रमिकका समस्याहरु बारे  दुतावासको ध्यानाकर्षण भएको  र कतारमा रहेका नेपालीलाई दूतावासको तर्फबाट गर्नुपर्ने कामहरु  सहज बनाउन  प्रयासरत  रहेको बताउनु भयो । द्वितीय सचीव एवं सुचना अधिकारी  प्रबिण  भट्टराईले बदलिँदो परिवेश संगै दूतावासले सुचनाको पहुँच बढाउन वेबसाईट, फेसबुक लगाएतका माध्यमको प्रयोग गर्दै आएको बताउनुभयो । साथै उहाले नेपाली समुदायलाई समाजिक संजाल प्रयोग गर्दा सम्बन्धित देशको कानुनको सम्मान गर्दे सव्य रुपमा आफ्ना अभिव्यक्ति राख्न अनुरोध गर्नुभयो ।

भेटघाट कार्यक्रममा  नेपाल पत्रकार महासंघ कतार शाखा सल्लाहकार क्रान्ति सिंह , रामप्रसाद पराजुली, अनुशासन बिभाग संयोजक दिप जङ्ग शाह, कार्यसमिति उपाध्यक्ष दिलकुमार श्रेष्ठ, सचिव ढाकाराम पौडेल, सहसचिव दिलिप पराजुली, कार्यसमिति सदस्य खेम सुवेदी लगाएतले आम श्रमिक समस्या बारे जानकारी गराउदै सहजीकरणको लागि दूतावासलाई अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend