logo
  • शनिबार, भाद्र २० २०८३

लुम्बिनी प्रदेश समन्वय परिषद कतारले नव वर्षको शुभकामना आदनप्रदान तथा ईफ्तार कार्यक्रम गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

This image shows the infrastructures at Gautam Buddha International Airport in Siddharthanagar in June 2021. Photo courtesy: Saroj Thapa

साझा नेटवर्क,कतार।
लुम्बिनी प्रदेश समन्वय परिषद कतारले नव बर्ष २०७९ शुभकामना आदानप्रदान तथा ईफ्तार कार्यक्रम गर्ने भएको छ।

लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा प्रदेश अन्तरर्गत जिल्लाका सामाजिक संघ संस्थाहरुको संयुक्त रुपमा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान तथा नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा ईफ्तार कार्यक्रमको आयोजना गर्ने भएको हो ।

“हामी प्रदेशीको चाहना समृद्ध प्रदेशको कामना” भन्ने अभिप्रायका साथ संगठित भएको मुल परिषदले यहि आउदो २९ अप्रिल २०२२ का दिन व्हाइट हाउस ग्राण्ड मल सनैयामा दिउँसो ३ बाट सुरु हुने परिषदका महासचिव टेकराज थापाले बताउनु भयो ।

उक्त कार्यक्रममा कतारमा रहनुभएका प्रदेश जिल्लावासी गैर जिल्ला बासी सामाजसेवि व्यक्तित्व बुद्धिजिवि, पत्रकार बिशेष गरि इस्लाम दाजुभाई तथा आम नागरिकहरुलाई उपस्थिति जनाई दिनुहुन थापाले अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend