logo
  • शुक्रबार, असोज ९ २०८३

इस्मामा उपाध्यक्षबाट राजिनामा दिएर पुनः उपाध्यक्ष उम्मेदवार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री
११ वैशाख, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले उपाध्यक्ष पदबाट राजिनामा दिएर उम्मेदवार बनेकी छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि खत्रीले उपाध्यक्षबाट राजिनामा दिएर दोस्रो कार्यकालका लागि (नेकपा) एमाले तर्फबाट उम्मेदवार बनेकी हुन् ।

दोस्रो कार्यालकालका लागि उम्मेदवार बन्दै उपाध्यक्ष उम्मेदवार खत्रीले जनताको सेवामा ५ वर्षको अवधिमा बाँकी अधुरा कामहरुलाई पुरा गर्न उम्मेदवार बनेकी प्रतिक्रिया दिइन् । उनले राजनिति सेवा सुबिधा भोग गर्ने भन्दा पनि सेवा मुखि हुनुपर्छ भन्ने मान्यता आफुले स्थापित गरेको बताइन् ।

इस्मा गाउँपालिकामा (नेकपा) एमाले तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा हिरा एसीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको तफर्बाट गाउँपालिकाको अध्यक्ष पदमा भगत खड्का र उपाध्यक्ष पदमा पार्वती कुँवरलाई उम्मेदवार बनाएको छ ।यो गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले जीतेको थियो । बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो ।गाउँपालिकामा तीन ठूला दल छुट्टा छुट्टै निर्वाचनमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend