साझा नेटवर्क
माया बस्नेत, गुल्मी वैशाख १० ।
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको आसन्न निर्वाचनका लागि गुल्मी जिल्लाको इस्मा गाउँपालिका वार्ड ४ बाट युवा नेता राजु बस्नेत (मानु) लाइ वार्ड अध्यक्षको उम्मेद्वारमा पार्टीले सिफारिस गरेको छ ।
पार्टीले सर्वसम्मत रुपमा बस्नेतलाइ वार्ड अध्यक्षको उम्मेदवार बनाउँन सिफारिस गरेको हो। इस्मा गाउँपालिका वार्ड ४ नेकपा एमालेका सचिव तथा पुर्व मन्त्रि गोकर्ण बिष्टको गृह गाउँपालिका हो। यहाँ विगत २५ बर्षदेखि बिष्टले यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् ।
२०६० साल देखि अनेरास्वियु बाट बिद्यार्थी राजनीति सुरु गरेका बस्नेत गाउँकमिटि देखि जिल्ला सम्म पार्टी र युवा संघका बिभिन्न तहमा कामको अनुभव बटुलेका युवा नेता हुन्। माओबादी द्वन्दकालिन अवस्थामा शसस्त्र प्रहरीको जाजिगर छोडेका बस्नेत स्थानिय स्तरमा नै पेशा ब्यबसाय गर्दै आएका छन्।
उनले स्थानिय स्तरमा गरेको सेवा र उनको सक्रियताले त्यहाका जनता विशेसत युवावर्गले रुचाएका उमेद्वार हुन् बस्नेत। स्थानिय स्तरमा उनको राम्रो पकड देखिन्छ। एमालेमा गाउँपालिका अध्यक्ष र वार्ड अध्यक्षका उम्मेदवारको टुंगो लागेपनि अझै सम्म पालिकाको उपाअध्यक्ष पदमा भने अझै टुङ्गो लाग्न बाकि नै छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend