साझा नेटवर्क
अनिल खत्री
१० बैशाख, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा उद्यमीहरुलाई व्यवसायीक योजना तयारी र ऋृण प्राप्ति प्रक्रियासम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्ला स्थित बिभिन्न उद्यमीहरुको सहभागितमा उद्यमीहरुलाई व्यवसायीक योजना तयारी र ऋृण प्राप्ति प्रकृया सम्बन्धी सहजीकरण कार्यक्रम गरेको हो ।
उद्यमीहरुले आफ्नो व्यवसाय गर्दा व्यवसायीक योजना तयारी र ऋण कसरी लिने कहाँबाट लिने भन्ने जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमम घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरले व्यवसायीक योजना तयारी र ऋृण प्राप्ति प्रक्रियासम्बन्धी बिभिन्न जानकारी मुलक प्रस्तुती राखेका थिए ।
सहभागिलाई वित्तिय सेवामा पहुँच तथा वित्त व्यवस्थापन सम्बन्धी जानकारी गराइएको हो कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले घरेलु उत्पादनलाई राज्यले जति प्रथामिकता दिनुपर्ने हो त्यति दिन नसकेको बताए । उद्यम गर्दै गर्दा व्यवसायिक शिक्षा कमी भएको पौडेलले बताए । उत्पादन भएका वस्तुलाई आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको पौडेलले बताए ।
घरेलु उद्यमीहरु थोरै उत्पादन गर्दा धेरै उत्पादन भएको वस्तुमा मुल्यमा अन्तर आउने बताए । बजारी करणको लागि उचित तालिम र व्यवसायिक सहुलियत कर्जा प्राप्ति कसरी गर्न सकिन्छ भनेर त्यसमा पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा चौथो गुल्मी महोत्सवमा घरेलु क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रर्दशनमा सहभागिहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । महोत्सवमा व्यवसायिकहरुले महोत्सवमा आफना उत्पादनलाई सबैसामु चिनाउन सफल भएको बताएका थिए ।
यसले गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षा व्यवसायिहरुको रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend