logo
  • शनिबार, साउन ३० २०८३

बस्यालको राष्ट्रप्रेमी कृति बिमोचन ( भिडियो सहित )


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,पाल्पा बैशाख ८ ।

नव गायक सुशिल बस्यालको राष्ट्रप्रेमी गित सोमबार पाल्पामा एक औपचारिक कार्यक्रमका साथ बिमोचन गरिएको छ । बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण बस्यालले सोमबार एक औपचारिक कार्यक्रमका साथ बिमोचन गरेका हुन ।गित बिमोचन गर्दैँ बस्यालले गित सर्जकलाई बधाई तथा शुभकामना दिएका थिए । अझ गितलाई सम्पुर्ण दलका नेताहरु उपस्तिथि भएर बिमोचन गर्न पाए सुनमा सुगन्ध हुने प्रमुख अतिथि बस्यालले बताए । कार्यक्रमका अध्यक्ष तथा गित सर्जक सुशिल बस्यालले गितमा देशमा हुने बिभिन्न गतिविधीहरुलाई समावेश गरेर शब्दहरु रचिएको बताए । जसमा शब्द, स्वर सुशिल बस्यालको रहेको छ । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको रहेको छ त्यस्तै गितको संगीत संयोजन खेम गोपालले गरेका हुन ।

त्यस्तै गरि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह,पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी,पत्रकार महांसघका अध्यक्ष रेखीराम राना ,कलाकार चित्रवलीराम सुवाल,शीत काब्य समाज नेपाल पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवाली ,धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल ,साहित्यकार नारायण घिमिरे लगायतले गितको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

८० जना साहित्यकार ,पत्रकार ,कलाकारहरुको उपस्थितिमा भएको कार्यक्रममा गायक तथा सर्जक सुशिल बस्यालको अध्यक्षता ,कलाकार आयाम कार्कीको स्वागत ,सन्तोष गहतराजको सञ्चालनमा कार्यक्रम भएको थियो । आशिका प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् –

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend