logo
  • शुक्रबार, असोज ९ २०८३

मदानेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, वैशाख ०८ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मदाने गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । देशैभरका सबै पालिकामा बिहीबार कार्यालय स्थापना गर्ने निर्णयअनुसार मदानेमा पनि कार्यालयको स्थापना गरिएको हो । कार्यालय स्थापना भएसँगै अब निर्वाचनसम्बन्धि सबै काम निर्वाचन अधिकृतको कार्यालयमार्फत हुनेछन् ।
कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत कुल बहादुर जिसीसहित मदाने गाउँपालिकाका सबै वडाध्यक्ष एवम् कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी लगायतको उपस्थिति रहेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत जिसीले निर्वाचन आचार संहिता पनि जानकारी गराएका थिए । मदाने गाउँपालिकाका सातवटा वडामा कुल १० वटा मतदान स्थल रहेका छन् ।

वडा नम्बर १ अग्लुङमा वडा कार्यालय र ओख्ले प्रावि, वडा नम्बर २ मा बालविकास निमावि र बाँझकटेरी मावि, वडा नम्बर ३ मा रियाले मावि, वडा नम्बर ४ मा मेहेलेपोखरी मावि, वडा नम्बर ५ मा पुर मावि, वडा नम्बर ६ मा पृथ्वी मावि एवम् वडा नम्बर ७ मा टिमुरखर्क निमावि र दीपक माविमा केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend