logo
  • शनिबार, भाद्र २० २०८३

प्रवासी नेपाली मित्र मंच द्वारा नेपाल भारत बीच विचार गोष्ठि तथा सास्कृतिक कार्यक्रम सम्पन्न 


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुबास बस्नेत, नयाँ दिल्ली

सन् १९९० देखि भारतमा नेपाली चेलीबेटी बेचबिखन बिरुद्द र बालबालिकाहरुको उद्दारको लागि काम गर्दै आएको  संस्था प्रवासी नेपाली मित्र मंच द्वारा नेपाल भारत बीच विचार गोष्ठि तथा सास्कृतिक कार्यक्रम आइतबार सम्पन्न गरेको छ।  नव वर्ष २०७९को अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।

पितमपुरा नया दिल्ली स्थित ग्रीनलांग बैङ्केट हलमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास नयाँ दिल्लीका  डिसीएम रामप्रसाद सुबेदी प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।  कार्यक्रममा नववर्ष २०७९को शुभकामना दिदै सुबेदीले राजदुताबास पुग्न नसक्ने ठाउमा संघ संस्थाहरुले पुगेर गरेको कामको खुलेर प्रशंशा समेत गरे।

नेपाल भारत मैत्री संगठनका सदस्य केंद्रीय फिल्म प्रमाणन बोर्ड, सूचना एवं प्रसारण मंत्रालय, भारत सरकारका  पूर्व केंद्रीय सदस्य तथा भारती जनता पार्टीका नेपाल संपर्क सेल सदस्य अनूप कुमार विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए।  नेपाल भारत बीचको प्रगाढ मित्रता बारे उनले  विचार व्यक्त गरे।

प्रवासी नेपाली मित्र मंचका संस्थापक एवं मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष  दुर्गा प्रसाद अर्याल, एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजका अध्यक्ष  युवराज बराल लगाएत भारतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिवि, विद्यार्थी, पत्रकार लगायतको उपस्तिथी रहेको थियो। कार्यक्रममा नेपाल र नेपालीको पहिचानहुने सास्कृतिक कार्यक्रम राखीएको थियो।

संस्थाका अध्यक्ष  बिष्णु प्रसाद खनालको अध्यक्षतातामा सम्पन्न कार्यक्रमलाइ उपाध्यक्ष रघुनाथ पाण्डे, सचिव छबिलाल न्यऔपाने, महिला अध्यक्ष   दिपलता उपाध्यायले सहजिकारण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend