साझा नेटवर्क
अर्घाखांची,६ वैशाख ।
सञ्चारउद्यमी श्रीधर खनाल सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवारका लागि सिफारिस भएका छन् । खनालाई नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति, काठमाडौं र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका लागि पार्टी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेका हुन् ।
विशेष प्रदेश समितिले खनाललाई उम्मेदवार बनाउन पहल गर्नका लागि माओवादी केन्द्र, अर्घाखा“ची जिल्ला समन्वय समिति समक्ष पनि अनुरोध गरेको छ । २०५६ सालदेखि माओवादी केन्द्र (तत्कालिन नेकपा माओवादी) मा आवद्ध भई विभिन्न समितिमा रहेर काम गर्दै आएका खनाले पछिल्लो समय पार्र्टीको लुम्बिनी काठमाडौं प्रदेश सम्पर्क समन्वय समितिमा आवद्ध छन् । समन्वय समितिमा रहेका व्यक्तिहरु उम्मेदवार बन्ने इच्छा रहेमा आफू कार्यरत कमिटिबाट सिफारिस गराई सम्पर्क समन्वय विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कमिटिमा सिफारिस गरि पठाउनुपर्ने प्रावधान छ ।
सोही प्रावधान अनुसार खनाललको नाम केन्द्रीय कमिटिमा सिफारिस गरिएको हो । उक्त सिफारिसस“गै सन्धिखर्कमा मेयर पदमा उनको प्रवल सम्भावना देखिएको छ । मिडिया क्षेत्रमा लगानी गरेका खनाल जनता टेलिभिजनका सदस्य तथा एप्पल मिडिया प्रालिका अध्यक्ष हुन् ।उनले आफूले चुनाव जितेमा सामाजिक तथा आर्थिक क्षेत्रमा चमात्कारिक परिवर्तन गर्ने योजना रहेको दावी गरे ।
अर्घाखा“ची सन्धिखर्क–४ वाङलामा मध्यम वर्ग परिवारमा जन्मिएका खनाल समाजशास्त्रमा स्नातक पुरा गरी राजनीतिबाट देश र समाज बदल्न सकिने योजनामा रहेको बताउ“छन् । ‘२२ वर्षमा पार्टीमा काम गरे“, अब जनप्रतिनिधि भएर जनताको सेवामा तल्लिन हुनेछु’, उनले भने ।गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामबरण यादवबाट सम्मानित भएका उनी लायन्स क्लव अफ काठमाडौं एप्पल शाखामार्फत सामाजिक तथा आर्थिक क्षेत्रमा समेत योगदान गर्दै आएका छन् ।
विकासका पूर्वाधारमध्ये भौतिक संरचना तथा सडक निर्माणको क्रम धेरै अगाडि बढेकोले अब आफ्नो ध्यान शिक्षा, स्वास्थ्य, सीप र रोजगारमा केन्द्रीत हुने उनको भनाई छ । ‘संविधान र कानूनका भएका अधिकार कार्यान्वयन गर्दै जनताका आवस्यकता जनप्रतिनिधिले पूरा गर्नुपर्छ भन्ने मेरो लक्ष्य हो’, उनले भने, ‘त्यसैले गाउ“मै गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराउनुका साथै सीप तथा कृषिमार्फत युवालाई गाउ“मै स्वरोजगार बनाउने मेरो योजना छ ।’
उनले भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेर जनजीविकाका कामहरु पूरा गर्ने पनि आफ्नो लक्ष्य रहेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend