logo
  • शनिबार, भाद्र २० २०८३

पत्रकार महासंघ कतारद्वारा ईफ्तार एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कविता खत्री, कतार वैशाख ४ ।
नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमजानको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
शनिबार दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागीले परिचय सहित एक आपसमा शुभकामना आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तिर्थ संगम राई, सल्लाहकार क्रान्ति सिंह ,राम प्रसाद पराजुली, सिताराम थापा र अनुशासन बिभाग प्रमुख दिपजंग शाहले पत्रकारीता गर्दाका आफ्ना अनुभव संगै कतारमा रहेर पत्रकारीता गर्दा ध्यानदिनुपर्ने कुरा बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा महासंघका निवर्तमान कोषाध्यक्ष एवं वेबसाईट डिजाइनको संयोजन गर्नुभएका भोला थापा क्षत्रीले कतार शाखाको आफ्नै वेबसाईट तयार भएको भन्दै महासंघका पार्षद सदस्यलाई समाचार तथा लेख रचना लेखनलाई तिब्रता दिन अनुरोध गर्नुभयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम वक्स मियाँले कतारमा रहेर पत्रकारीता गर्दा अवसर र चुनौती दुबै रहेको भन्दै पत्रकारीताको आचारसंहिता र कतारको कानुनको अधिनमा रहि समाचार लेख्न तथा प्रसारण गर्न अनुरोध गर्नुभयो ।

मियाँले नेपालमा विभिन्न भुमिकामा मिडिया जोडिएर कतारमा आएर पुन महासंघ संग जोडिएर पत्रकारितालाई निरन्तरता दिनु सकारात्मक रहेको भन्दै एक अर्का बाट सिक्दै आफुलाई अब्बल बनाउन सबैलाई अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासघ कतार शाखाका उपाध्यक्ष दिलकुमार श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन सचीव ढाकाराम पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend