logo
  • शनिबार, भाद्र २० २०८३

गण्डकी प्रदेश समन्वय परिषद कतारको साधारणसभा तथा ईफ्तार कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार बैशाख ३ ।
गण्डकी प्रदेश समन्वय परिषद् कतारको वार्षिक साधारणसभा तथा इफ्तार कार्यक्रम सम्पन सम्पन्न भएको छ । गण्डकी प्रदेश समन्वय परिषद् कतार एवम् त्यस मातहतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा नयाँवर्ष तथा इस्लाम धर्मालम्बीहरुको पवित्र महिना रमजानको अवसरमा शुभकामना आदानप्रदान एवम् वृहत् इफ्तार कार्यक्रम सहित साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका महासचिव सन्तोष रेग्मीले कार्यप्रगति विवरण पेस गर्दै मध्यपूर्व एनआरएनएले सञ्चालन गरेको नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा कतारी रियाल ५५ सय २५ रियाल सहयोग गरिएको बताए । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रतीक्षालयका लागी ३० थान कुर्ची, १५ थान ह्विल चेयर, ४ थान स्ट्रेचर सहयोग गरिएको विवरणमा उल्लेख गरिएको थियो ।
नेपालमा रहेको मानव सेवा आश्रममा विभिन्न लत्ताकपडा लगायतका सामाग्री सहयोग स्वरूप हस्तान्तरण गरिएको विवरणमा उल्लेख गरेका थिए । एक वर्षमा २९ हजार २४६ रियाल आम्दानी गरेको संस्थाले १८ हजार ८ सय ९ रियाल खर्चिँदै संस्थामा १० हजार ४ सय ३७ रियाल मौज्दात रहेको आयव्यय विवरण कोषाध्यक्ष कल्याण थापाले पेस गरेका थिए ।

सभामा विभिन्न कालखण्डमा सहयोग गर्ने, संस्थाकासंस्थापक, निवर्तमान कार्यसमिति लगायतका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सभामा थुप्रै व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए । आफ्नो शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहमद मुक्तदाले गण्डकी प्रदेश निकै सुन्दर रहेको र यस संस्थाले पनी सुन्दर काम गरेको बताए ।

उनले कतारमासम्पन्न हुन लागेको वल्डकपमा एनआरएनए एनसिसि कतारको पनी कोर्नेचमा स्टल रहने हुदॉ गण्डकी प्रदेश भित्रका पर्यटकीय स्थलकोप्रचारप्रसार गर्नु पर्ने बताए । उनले गण्डकीका मौलिकता झल्कने बस्तुहरूको प्रदशनि गर्नु पर्ने हुदॉ तयारी गर्न अनुरोध गरेका थिए ।

सागर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई परिषद्का अध्यक्ष तथा सभाका सभापति राकेश श्रेष्ठले समापन गरेका थिए ।कार्यक्रमको सहजिकरण महासचिव सन्तोष रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend