logo
  • शुक्रबार, असोज ९ २०८३

गजलकार विजय खडकाको आधुनिक गित “नबदलिन्छ जीन्दगी यो” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डौं। गुल्मी जिल्ला,धुर्कोट गाउँपालिका वडानं २ पिपलधारामा घरभइ अहिले काठमाडौलाई कर्मथलो बनाएका गजलकार तथा गितकार बिजय खड्का ‘गगन’को पहिलो आधुनिक गित ‘नबदलिन्छ जीन्दगी यो’ सार्वजनिक भएको छ । उक्त गितमा चर्चित गायक – प्रमोद खरेलको स्वर रहेको छ भने शब्द बिजय खड्का (गगन)को रहेको छ । उक्त गितमा लय भर्ने काम राजकुमार बगरले गरेका छन्  भने म्युजिक एरेन्ज राजु कार्कीले गरेका छन् ।

बिष्णु भट्टराई को निदेशनमा बनेको उक्त गितको भिडियोमा सर्जक स्वयं बिजय खड्का गगन , उनकि दिदी राधा खड्का र दाइ बिनोद खड्का को अभिनय रहेको छ । यो आधुनिक गीति एल्बम २०७९ वैशाख १गते नयाँ वर्षको दिन Anita khadka youtube channel बाट बजारमा सार्वजनिक भएको विनोद खड्काले साझा नेटवर्कलाई बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend