साझा नेटवर्क
हुमाकान्त पोखरेल
गुल्मी, ०२ वैशाख । चौथो गुल्मी महोत्सवको सातौ दिन १७ हजारभन्दा बढीले महोत्सवका अवलोकन गरेका छन् । २०७९ सालको नयाँ बर्षको अवसरमा सार्वजनिक बिदा समेत रहेकोले अधिकाशं मानिसहरुले महोत्सवको अवलोकन गरेका हुन् । बिहीबार १७ हजार १९२ वटा टिकट बिक्री भएका छन् । जसमा एक हजार २३७ जना विद्यार्थी रहेको गुल्मी उद्योग बाणिज्य संघका सदस्य मृगेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
त्यस्तै महोत्सवको लागि आएका केही मानिसहरु सङ्ख्या बढी भएकोले महोत्सव स्थलमा प्रवेश गर्न नसकेको बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले जानकारी दिए । ‘१८ हजार भन्दा बढी आए, करिब हजारजति भित्र आउनै पाएनन् ।’ अध्यक्ष पौडेलले भने, ‘आजको उपस्थिति हाम्रो योजनाभन्दा बाहिरको हो ।’ महोत्सवले गर्दा तम्घासको लाकुरीमञ्च, खानिगाउँ, अस्पताल लाईन, अर्घाखाँची जिपपार्क, उदिनढुङ्गा लगायतका स्थानमा सावरी पार्किङको अत्याधिक भिड रहेको थियो । भने बजारमा पनि आज मानिस आवत–जावतको निकै भिड देखिएको थियो ।
महोत्सव अवलोकनका लागि गुल्मीका साथसाथै अर्घाखाँची, प्युठान, बाग्लुङ, पाल्पा लगायतका जिल्लाबाट समेत नागरिकहरु आएको महोत्सव प्रचार–प्रसार समितिका संयोजक तारा प्रसाद भुसालले जानकारी दिए । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्ने उदेश्यले चैत २५ गतेबाट महोत्सवको संचालन भएको थियो । महोत्सव बैशाख ४ गतेसम्म चल्ने प्रचार–प्रसार समितिका संयोजक भुसालले जानकारी दिए ।
फोटो ः तिलाचन पाण्डे
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend