साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैशाख १ ।
आज बैशाख १ गते बिहिवार नयाँ वर्ष अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं दर्शक । महोत्सवमा देश बिदेशमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, शान्ताश्री परियार, पुरुषेत्तम भण्डारी, गणेश अधिकारी, सन्तु थपा, सुरेश श्रीप्रसाद थापा, अस्मिता जिएम, लक्ष्मण खड्का लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।
नयाँ वर्षको दिन बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो । गुल्मी महोसत्वको सातौंदिनसम्म आउदा अहिलेसम्मकै धेरै दर्शकहरु आएका थिए । एकै दिन १५ हजार वढि दर्शकलले अबलोकन गरेको टिकट व्यवस्थापन समिति संयोजक मृगेन्द्रप्रसाद श्रेष्ठले बताए । जसले गर्दा चिदिचौर महोत्सव स्थल मानिहरुको उलेख्य संख्याले गर्दा निकै भिडभाड बढेको थियो ।
दर्शकको रोजाइमा परेका गायक पशुपति शर्मा गीत गाउन स्टेजमा पुगेका थिए । महोत्सवमा साँस्कृतिक कार्यक्रम हेर्न गएका दर्शकले ठुलो स्वरमा हुटिङ्ग आयो । उनले आदा दर्जन वढि गीतमा प्रस्तुती दिए । दर्शकहरु निकै रमाइलो गरे । नयाँ वर्ष त्यसमाथी चर्चित कलाकाहरुले गर्दा पनि चलहपल थियो । शर्माले चर्चित गीतहरु गाए तर दर्शकहरुबाट धेरै बेरसम्म उनकै प्रस्तुती हेर्न खोजेका थिए । शर्माका सयौं गीत लोकप्रिय छन् ।
त्यस लगत्तै चर्चित गायिक शान्ताश्री परियारको पालो आयो । उनले सुरुमै बोल माया गीत गाइन धेरैलाई भावुक बनाइन । उनले एकपछि अर्को चर्तित गीतहरुसँगै प्रस्तुती दिइन । निकै रमाइलो गर्दै दर्शकहरु रमाए । गीत गाएको हेर्दे जाँदा रात पर्न आठेयो तर दर्शकहरु बेलुकी अबेरसम्म नै उनिहरुका प्रस्तुतीहरुसँग रमाउन बसेका थिए । त्यस लगत्त अन्य चर्चित कलाकारहरुको प्रस्तुती पनि राखेका थिए ।
अत्यमा शर्मा र परियारले दोहोरी समेत प्रस्तुत गरेकाच थिए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।
महोसत्वको आठौं दिन बैशाख २ गते गायिका रचना रिमाल, खुमन अधिकारी, टिकाराम पोखरेल, शान्तारानी परियार, बिष्णु सिंजाली, सूर्य रेगामी लक्ष्मण खड्का, लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend